नेकपाका उम्मेदवारले गरे चुनावी प्रतिबद्धता सार्वजनिक

निर्मल बस्नेत
३ फागुन, चौतारा । आसन्न फागुन २१ गतेको निर्वाचनको लागि ५ वर्षे कार्ययोजना सहितको प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
आईतबार प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको आयेजनामा भएको पत्रकार भेटघाट कार्यक्रमा उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

निर्वाचन आयोगले निर्वाचनमा भाग दिने उम्मेदवारले फागुन ३ गतेसम्म प्रतिबद्धता सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप नेकपाका २ जना उम्मेदवारले प्रतिद्धता पत्र जिल्लाको मुख्य निर्वाचन कार्यालयमा समेत आफै सहभागि भएर पेश गरेका छन् ।

उनीहरुले सार्वजनिक गरेका योजनामा विकास निर्माणदेखी युवा रोजगारसम्मका रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार माधव सापकोटा ‘सुवोध’ ले कृषि, पर्यटन, रोजगार, शिक्षा र पूर्वाधारमा जोड दिएर ५ वर्षे कार्ययोजना सार्वजनिक गरे ।

उनले ५ हजार युवाहरुलाई रोजगारीमा लगाउने, अरनिको राजमार्गलाई व्यवस्थित बनाउने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, विकास र सुशासनमा जोड दिने र डिजिटल सिन्धुपाल्चोक बनाउने लगायतका विषयलाई मूख्य योजना बनाएर काम गर्ने उदघोेष गरे ।

निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार युवराज दुलाल शरदले बाकसभरी भोट र वाकासभरी विकासको मुख्य नारा बनाएर विकासको बाकस परियोजना २ नाम दिई कार्यन्वयनमा ल्याउने बताए ।

युवराज-दुलाल
विकासलाई प्राथामिकतामा राखी आफुले प्रदेश सरकारको सांसद र मन्त्री भई ८ वर्षसम्म काम गरेको अनुभवलाई यो पटक राष्ट्रिय भूमिकामा साझा व्यक्तित्वको रुपमा प्रस्तुत गर्ने मौका आम सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का समुदायले दिनेमा विस्वस्थ रहेको बताए ।

उनले अरु राजनीतिक दलले जसरी कटाक्ष गर्दै विरोधमा नजाने भन्दै मतदाता समक्ष स्पष्ट र दिगोविकासको भिजन सहित जाने बताए ।
पर्यटन र आर्थिक गतिविधिमा बृद्धि गर्न व्यवस्थित शहरी पूर्वाधर ः सुविधायुक्त मेलम्ची शहरको अवधारणा अनुसार काठमाण्डौबाट १ घण्टामा पुग्न सकिने मेलम्चीलाई केन्द्रिय कार्यक्रमहरु गर्न सकिने शहरको रुपमा विकास गरिने उल्लेख छ ।

त्यस्तै प्रतिवद्व पत्रमा पाँचपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यमा विकास गर्न आमा याङग्री, हेलम्बु ग्रेट ट्रेल, च्योच्यो डाँडा, गुफाडाँडा, सुर्सिङ ब्ल्याङचे झरना, भुतछाँगा, साँगाचोकगढी, बुढीचौर पाल्चोक भगवती, गौराती भिमेश्वर, तापचुली, चिसापानी, धौले सुलिकोट, ककनी सेर्माथाङ , रानीपोखरी, रैथानेपोखरी, नागिडाँडा मेलम्ची घ्याङजस्ता धार्मीक तथा पर्यटकीय स्थललाई समेटेर विकास गर्न सकिने उल्लेख छ ।
सञ्चारकर्मीहरुले उठाएका विविध प्रश्नमा उम्मेदवारहरुले आफ्ना संकल्प र प्रतिवद्वता जनाएका थिए ।

यस्तो छ दुई उम्मेदवारको प्रतिवद्वता पत्र