‘स्वास्थ्य खबर हेल्थ अवार्ड २०८०’ बाट त्रिपुरासुन्दरी गाउँपालि सम्मानित

भदौ,२३ पिस्कर । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ‘स्वास्थ्य खबर हेल्थ अवार्ड २०८०’ बाट सम्मानित भएको छ । स्वास्थ सेवा केन्द्र बिस्तार गर्ने र प्रजनन तथा मातृ स्वास्थमा उल्लेख्य सुधारको नेतृत्व गरेकोमा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरालाई स्वास्थ खबर हेल्थ अवार्ड २०८० ले सम्मान गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मानित हुँदै पालिका अध्यक्ष भक्तध्वज बोहोरा

नेपालको ७ सय ५३ स्थानीय तहहरुको स्वास्थ्य क्षेत्रमा सम्पादित कामका सूचकहरुको विभिन्न तहहरुमा भएको तुलनात्मक विश्लेषण, समिक्षा एवं स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त एकीकृत प्रतिवेदनको आधारमा त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यसम्पादन उत्कृष्ट रहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले गाउँपालिका अध्यक्ष बोहरालाई एक कार्यक्रमका बीच सम्मान गरेका थिए ।

देशभरीकै पालिकाहरु मध्येबाट सम्मानका लागी आफु र आफ्नो पालिका छनोटमा परी सम्मानीत हुन पाउँदा खुसी लागेको र अवार्डका लागी आयोजक संस्थाप्रती धन्यवाद दिए ।

उत्कृष्ट काम गर्न उत्प्रेरित गर्ने गाउँपालिका स्वास्थ्य क्षेत्रमा दिनरात खट्ने स्वास्थकर्मी, गाउँपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीहरु तथा जनप्रतिनिधि सबैलाई अध्यक्ष बोहराले धन्यवाद दिए ।