पर्यटकीय क्षेत्र सुकुटेमा प्रगतिशील लेखकसंघले ग¥यो सुकुटे कविता साँझ

बैशाख २१, सुकुटे । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा साहित्यिक चहलपहल बढेको छ । सुनकोशी नदीको किनारमा रहेको सुकुटे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने क्रममा कवि, लेखक र साहित्यकारहरूले सुकुटेमा कविता साँझ आयोजना गरी साहित्यिक माहोल तताएका छन् ।

वैशाख १९ र २० गते प्रगतिशील लेखक सङ्घ नेपाल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र सुन्धु सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकको सहकार्यमा गरी विचार चौतारी ८५ औ श्रृङ्खला वैचारिक विमर्श तथा परिसंवाद विभागका संयोजक समिर सिंहको अध्यक्षतामा सम्पन्न हो ।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेलको प्रमुख अतिथ्यतामा भएको सुकुटे कविता साँझ भोटेकोशी रिसोर्टमा गरिएको थियो । सुकुटे कविता साँझ मा विशिष्ट अतिथि बाबा बस्नेत, डाक्टर कौशिला रिसाल, सल्लाहकार ईश्वरचन्द्र ज्ञवाल, सुशीला प्रधानङ्ग, गोपाल बराल, प्रदेश पूर्व उपाध्यक्ष नमुना शर्मा, उपाध्यक्ष अमृता शर्मा, कोषाध्यक्ष कृष्ण सुवेदी, केन्द्रीय सचिवालय सदस्य दिनेश दुलाल लगायत तीन दर्जनभन्दा बढी साहित्यिक व्यक्तिहरू सहभागी भई उक्त कार्यक्रम सम्पन्न गरिएको हो । सहभागी कविहरुले देशको समसामयिक विषयमा तथा पर्यटकीय क्षेत्र सुकुटे को बारेमा आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा सिन्धु सुकटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा तथा सचिव कृष्ण सापकोटा लगाएतले कवि लेख तथा साहित्यकारहरुलाई स्वागत गरेका थिए ।

कविता साँझमा साहित्यिक जमघट निकै रोचक बनेको थियो । सुकुटेका डेड दर्जन भन्दा बढी होटेल र रिसोर्टहरू रहेको सुकुटेमा कवि तथा साहित्यकारहरूले सुनकोशीको सुसाहटमा कविता वाचन गरेका थिए । पर्यटन र साहित्यः सिन्धुपाल्चोकको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेट्दै साहित्यिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले यस किसिमको कार्यक्रमहरू भएको हो । सिन्धुपाल्चोकको यो क्षेत्र ¥याफ्टिङ, स्विमिङ र प्राकृतिक सौन्दर्यको लागि प्रख्यात छ, जसले साहित्यकारहरूलाई सिर्जनाका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष डा.अमृता शर्माको सञ्चालनका अगाडि बढेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा जानकारी प्रलेसका कोषाध्यक्ष डा.कृष्ण सुवेदीले गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग र कर्ण दयाल सोरारीलाई कार्यक्रमका अध्यक्षले बधाई दिएका थिए ।

कार्यक्रमको दोस्रो दिन सुकुटे कविता बिहानी कार्यक्रममा कविहरूबाट प्रगतिशील कविता वाचन गरिएको थियो । सोही दिन सुकटे बिच रिसोर्टबाट प्रारम्भ भएर सुनकोसी बिचसम्म राफ्टििङ कार्यक्रम समेत सम्पन्न भएको थियो । राफ्टििङ र्याफ्टीङको अवधिमा समेत कविता वाचन गरिएको थियो ।

सिन्धु सुकुटे पर्यटन व्यवसायीहरुको सहयोगमा सहभागी कवि, लेखक तथा साहित्यकारहरुले भोटेकोशीमा साहसिक राफ्टिङ -जल यात्रा) को मज्जा समेत लिएका थिए । झण्डै तीन किलोमिटर साहित्यकारहरुलाई राफ्टिङ गराईएको थियो । पर्यटकीय क्षेत्र सुकुटेमा गरिएको सुकुटे कविता साँझ तथा साहसिक जल यात्रा निकै अविश्मणीय र ऐतिहासिक भएको प्रलेसकी केन्द्रीय उपाध्यक्ष डा अमृता शर्माले प्रतिक्रिया दिइन । सुकुटे क्षेत्रमा अन्य पर्यटकको आकार्षण संगै कवि लेखक तथा साहित्यकारहरुको आकार्षण बढ्दै गएको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाको भनाई छ ।

स्मरण रहोस सुकुटे करिडोरलाई चौतारा साँगाचोकगढी नगरपालिकाले गत साल पर्यटन क्षेत्र घोषणा गरेको हो । उक्त नगरपालिकाको वडा नम्बर १० अन्र्तगत पर्ने सुकुटे पछिल्लो समय दुईदिन विदाका कारण आन्तरिक पर्यटकहरुको चाप बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।