पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

असार १, मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिका भित्रका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

इन्द्रावती गाउंपालिकाका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष सोभना तामाङ, प्रमुख प्रसासकिय अधिकृत, सबै वडाका अध्यक्ष, स्वास्थ्य कर्मिहरु, विद्यालयका प्र.अ, तथा विभिन्न शाखाका कर्मचारिहरु जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृतको उपस्थितिमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदैं

गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, सामाजिक विकास समिति संयोजक काले गोले, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष नारायण भट्टराई लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । उनले पूर्णखोप सुनिश्चितता कायम राख्दै आगामी दिनमा पनि गाउँपालिकाले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहयोग र लगानीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष सुनिता अधिकारीले स्वस्थ नागरिक निर्माणका लागि खोप कार्यक्रम महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्णखोप सुनिश्चितता प्राप्त गर्नु गाउँपालिकाको महत्वपूर्ण उपलब्धि भएको धारणा राखे ।

सामाजिक विकास समिति संयोजक काले गोलेले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति, स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाहरूको सक्रियताका कारण पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको बताए । उनले आगामी दिनमा पनि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा जोड दिइने उल्लेख गरे ।

कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका १० वर्षभन्दा बढी सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरू, उत्कृष्ट कार्यसम्पादन गरेका स्वास्थ्य कर्मी तथा बर्थिङ सेन्टरमा जिम्मेवार भुमिकामा रहनु भएको नर्सिङ कर्मचारीहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा बरुवा स्वास्थ्य चौकीमा कार्यरत कमला थापा मगर लगायत ९ जनालाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए । गाउँपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै आगामी दिनमा पनि नियमित खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्दै बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा वडा नम्बर ८ का स्वास्थ्य स्वयंसेविकाले चेतनामुलक गिति प्रस्तुति प्रस्तुत गरेका थिए ।

यस्तै इन्द्रावती गाउंपालिकाका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष सोभना तामाङ, प्रमुख प्रसासकिय अधिकृत, सबै वडाका अध्यक्ष, स्वास्थ्य कर्मिहरु, विद्यालयका प्र.अ, तथा विभिन्न शाखाका कर्मचारिहरु जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृतको उपस्थितिमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा २०८३ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।