तेस्रो जैविक विविधता दिवसमा वतृत्वकला

विदुर आचार्य÷ठोकर्पा
तेस्रो जैविक विविधता दिवस मनाईएको छ । सुनकोशी गाउँपालिका वडा नम्वर २ स्थित पिङडाँडा सामुदायक बीउ बैकले स्वस्थ्य जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता शीर्षकमा माध्यमिक तह स्तरीय बतृत्वकला प्रतियोगिता गर्दै दिवस मनाईएको हो ।

सुनकोशी गाउँपालिकाको सहयोग तथा पिङडाँडा साना किसान कृषि सहकारी संस्थाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो । सुनकोशी गाउँपालिका भित्रका माध्यमिक तह स्तरीय प्रतियोगितामा जाल्पा माविकी विनु तिमल्सिना प्रथम, ठोकर्पा माविका राजन जि.सी. द्धितिय, गणेश माविका राम खड्का तृतीय र भूमेश्वरी माविकी गंगा खड्काले सान्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा बाघभैरव माविकी दीपा पहरी, महेन्द्रोदय माविका सुभाष तामाङ र जनजागृति माविकी नम्रता पराजुलीले सहभागिता जनाएका हुन् ।

पिङडाँडा सामुदायिक बीउ बैकले स्थानीय बीउ संरक्षणमा काम गरिरहेको छ । संस्थाले हरेक वर्ष स्थानीय रैथाने बीउ संरक्षण, प्रदर्शनी र पर्यावरण संरक्षणमा विविध कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले जलवायु परिवर्तनले पर्यावरण संरक्षण अहिलेको चूनौती रहेको बताउनुभयो ।

‘विभिन्न प्रकारका रैथाने वाली संरक्षणमा पिङडाँडा बीउ बैकको योगदान महत्वपूर्ण छ,’ अध्यक्ष तिमल्सिनाले भन्नुभयो,–‘रैथाने बाली कृषि वाली मात्रै नभई औषधी पनि हुने रहेछ । यसको पर्याप्त उत्पादन र वितरणमा हामी सबै लाग्नुपर्छ । विद्यार्थीहरुमा यो विषयमा यती धेरै जानकारि हुनु प्रशंसनीय छ ।’
कार्यक्रममा सुनकोशी गाउापालिका वडा नंमवर २ का अध्यक्ष पूर्ण बहादुर महत र सामुदायिक बीउ बैकका अध्यक्ष हिमबहादुर आचार्यले बीउ बैकको आवश्यकता र महत्व बारे जानकारि गराउनुभयो ।