ग्रामिण सडकको स्तरउन्नती गर्दै त्रिपुरासुन्दरी गाउँपालिका
दिनेश दुलाल
मंसिर ९, पिस्कर । सिन्धुपाल्चोक जिल्लाको १२ स्थानीय तहमध्ये यातायातको हिसाबले विकट गाउँपालिकाको रुपमा रहेको त्रिपुरासुन्दरी गाउँपालिकामा कंक्रिट सडकले तिब्रता पाउन थालेको छ ।

सुनकोशी देखि पिस्कर पुग्ने मुख्य सडक कालोपत्रे सहितको निर्माणमा अलपत्र भएको खवर आईरहँदा ग्रामिण भेगमा रहेका सडकहरु भने गाउँपालिकाले धमाधम कंक्रिट ढलान गरिरहेको छ ।

उक्त सडकहरुमा समपुरक अनुदान अन्र्तगत बागमति प्रदेश सरकार र उक्त गाउँपालिकाको लगानीमा वडा नम्बर २ र वडा नम्बर ५ मा ढलान बाटो भईरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाईवाले सिन्धुज्वालालाई बताए । उनका अनुसार वडा नम्बर ५ को तौथली मोटर बाटो ढलान कार्य शुरु भईरहेको छ ।
आर्थिक बर्ष २०८०÷८१ मा गाउँपालिकाको विभिन्न ठाउँमा गरी ५ सय ६९ सडक तथा गोरेटो बाटो ढलान भएको प्रशासकीय अधिकृत वाईवाले जानकारी दिए ।
चालू आर्थिक वर्ष २०८१÷०८२ मा संचालित योजनाहरु तौथली मोटरबाटो ढलान र कालिका मन्दिर व्यवस्थापन कार्यको अवस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा तथा सम्बन्धित वडाका वडा अध्यक्षहरु रमेश बोहरा र यादव श्रेष्ठ लगाएत जनप्रतिनिधि तथा कर्मचारी र प्राविधिक टिमबाट भएको थियो ।

