सिन्धुपाल्चोकमा एक करोड बराबरको अवैध सामाग्री बरामद

चैत्र ३० -२०८२), खाडीचौर । सशस्त्र प्रहरी बलद्वारा सिन्धुपाल्चोकमा एक करोड बराबरको अवैध सामाग्री बरामद भएको छ ।

जिल्ला सिन्धुपाल्चोक बलेफि गाउँपालिका–८ स्थित बेशबाट आई.डि.नं.२१८९ का सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीको कमाण्डमा खटिएको चेकपोष्ट टोलीले बाह्रबिसेबाट खाडिचौर तर्फ आँउदै गरेको ना.३ ख ५१४० नम्बरको डब्बा भ्यान चेकजाँच गर्ने क्रममा बिल बिजक र भन्सार प्रज्ञापन पत्र नभएको सो अनुपातको सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी १६ नम्बर गण बन्देउले जनाएको छ ।

उक्त गणका प्रहरी नायव उपरिक्षक डिएसी नवराज नेपालले दिएको जानकारी अनुसार आज करिब २ः३० बजेको समयमा रु ८६,३१,८०० ।–-छयासी लाख एकतीस हजार आठ सय रुपैयाँ) बराबरको चाईनिज किराना सामान र गाडीको अन्दाजी मूल्य रु १५,००,०००।–-पन्ध्र लाख रुपैयाँ) बराबरको गरी जम्मा अन्दाजी मूल्य रु.१,०१,३१,८००।– एक करोड एक लाख एकतीस हजार आठ सय रुपैयाँ) बराबरको सामान बरामद भएको हो ।

अवैध सामाग्री ल्याउने सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय पठाईएको डिएसपी नेपालले बताए ।