रेडलाइन क्षेत्रमा विस्फोट र वन फँडानी नगरेको ब्रह्मायणी हाइड्रोको दावी

चैत्र २७, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका निर्माणधिन ब्रह्मायणी हाईड्रोपावरले रेडलाइन क्षेत्रमा विस्फोट र वन फँडानी नगरेको दावी गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको रेडलाइन क्षेत्रमा हाइड्रोपावरद्वारा विस्फोट र वन फँडानी भनेर आएको हल्ला मिथ्या भएको ब्रह्मायणी हाईड्रोपावरको दावी छ ।

हाईड्रले नियम अनुसार नै काम गरेको आयोजना प्रमुख श्याम बजगाँईले सिन्धुज्वालालाई बताए । …हामीले नियम अनुसार नै आयोजनाको काम गरेका छौं, नियम विपरित कुनै कुरा भएको छैनÚ, आयोजना प्रमुख बजगाँईले भने । निर्माणाधीन हाइड्रोपावर लाङटाङ राष्ट्रिय निकुञ्जको रेडलाइन एरियामा परेको भएपनि राष्ट्रिय निकुञ्जलाई कुनै असर नपरेको उनको दावी छ । उनका अनुसार जुगलमा ३६.५ मेगावाटको ब्रह्मायणी, १५.१५ मेगावाट अपरब्रह्मायणी र सात मेगावाटको हाइड्रोपावर निर्माणधिन अवस्थामा छ ।

जुगल हिमालबाट बगेर आउने ब्रह्मायणी नदीको मुहान क्षेत्रमा केही वर्षयता तीनवटा हाइड्रोपावर निर्माण भइरहेका छन् । ३६.५ मेगावाटको ब्रह्मायणी हाइड्रोपावर जुगल गाउँपालिका– २, दीपुमा, १५.१५ मेगावाट अपरब्रह्मायणी छिन्ताङमा र सात मेगावाटको हाइड्रोपावर जुगल हिमालकै फेदीमा निर्माणका क्रममा छन् । जुगल गाउँपालिका– २ तेम्बाथाङ, दीपु, साङलुङदेखि जुगलको फेदिसम्म लाङटाङ राष्ट्रिय निकुञ्ज र वडा नम्बर ३ को हिमाली क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रमा परेको भनिएपनि आफुलाई कुनै जानकारी नभएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए । उक्त विषयमा गाउँपालिकाले अध्यायन गरिरहेको समेत उनले सुनाए ।

उनका अनुसार निकुञ्जको रेडलाइन र बफर जोन भनिएको क्षेत्रभित्र दुई सय ५० घरधुरीको बसोबास छ । विद्युत् कम्पनीले वातावरण प्रभाव मूल्यांकन -इआइए), हाइड्रोपावर अनुमति -लाइसेन्स) र वन विभागबाट प्रारम्भिक अनुमति लिएरै निकुञ्ज क्षेत्रमा रुख कटान तथा सुरुङको लागि विस्फोट गरिएको आयोजनाको दावी छ ।

विस्फोटले तेम्बाथाङका घर चर्किए आयोजनाले क्षतिपूर्ति समेत तिरिदिने आयोजनाले बताएको छ । तेम्बाथाङबाट निर्माणस्थल दीपु र छिन्ताङमा सडक खनेर लैजाँदा केही रुख कटान गरिएको भने आयोजना प्रमुख बजाईले स्विकारे । सडक खन्दा केही त रुख कटान हुन्छ आयोजना प्रमुख बजगाइँले भने । आयोजना स्थलमै पुगेर अनुगमन र निरिक्षण गर्न सम्बन्धित पक्षलाई बजगाँइले आग्रह गरे ।