६३ वर्षपछि झिर्पु विद्यालयको भव्य कार्यक्रम, विभिन्न व्यक्तिहरुलाई सम्मान (फोटो फिचर सहित)

दिनेश दुलाल
जेठ १६, हिन्दी (सिन्धुपाल्चोक) । जिल्लाको भिर्पु माध्यामिक विद्यालयले आफ्नो ६३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पूर्व विद्यार्थी मिलन कार्यक्रम सम्पन्न गरेको छ । छिमेकी मुलक चीनसंग जोडिएको भोटेकोशी गाउँपालिका अन्र्तगत वडा नम्बर ४ हिन्दीमा रहेको झिर्पु माविले मंगलबार भव्य कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

विद्यालयको वाषर््िाकोत्सव कार्यक्रमको उदघाटन गर्नुहुँदै सभामुख देवराज घिमिरे

विद्यालयको वार्षिक उत्सव कार्यक्रमको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उदघाटन गरेका थिए । वार्षिकोत्सव कार्यक्रमको उदघाटन पछिको मनतव्यलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय राजधानी र छमेकी मुलक चीनबाट नजिक रहेको विद्यालय भएपनि शैक्षिक लगाएत विकास निर्माणमा पछाडी रहनु विडम्बना रहेको बताए ।

पुर्खाहरुले लडेको ऐतिहासिक दुगुनागढी किल्ला नजिक रहेको झिर्पु माध्याकि विद्यालय ऐतिहासकि विद्यालय भएपनि भूकम्प लगाएत प्राकृतिक विपत्ती झेल्नु निकै दुःखद रहेको उनको भनाई छ । सबै विपत्तीलाई झेलेर पछिल्लोपटक सिन्धुपाल्चोकका चारवटा नमुना विद्यालयहरुमध्ये झिर्पुलाई नमुना बनाउन प्रयास थालिएकोमा भने उनले प्रसंशा व्यक्त गरे । विद्यार्थीहरुको लागि दिवा खाजा लगाएत शैक्षिक सुधारको लागि गाउँपालिका लगाएत विभिन्न व्यक्तित्वहरुबाट योगदान दिएको खुशी व्यक्त गरे । विद्यालयका ९ देखि १२ कक्षा सम्मका विद्यार्थहरुलाई चाईना भाषा पढाउन सुरुवात गरेर दुई देशको व्यापारि सम्बन्ध बढाउन सक्ने माध्याम रहेको उनले बताए । भाषा, संस्कार र संस्कृतिको एकआपसमा घुमिल गरेर दुई देशको सम्बन्धलाई प्रागढ बनाउन पर्ने उनले धारणा राखे । भाषाको लागि सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै झिर्पु माध्यामिक विद्यालयले थालेको प्रयासले अन्य जिल्लाहरुलाई समेत योगदान पु¥याउन उनले सुझाब दिए । शिक्षकहरुले तलब खान मात्र नभई आफ्नो दक्षता, योग्ता र क्षमतालाई प्रदर्शन गर्न समेत उनले सुझाब दिए ।

अर्को एक प्रसंगमा सभामुख घिमिरेले भृकुटी र अरनिकोले यात्रा गरेको ऐतिहासिक नाका तातोपानीको व्यापार व्यवसाय पहिलेको झैं सुचारु नभएकोप्रति आफ्नो ध्यानकर्षण भएको बताए । चिनिया राजदुतसंग आफूले भेटघाट हुँदा पहिलो लडमा नै तातोपानी नाका दोहोरो हुनेगरी खोलिने आश्वासन पाएपनि त्यसो हुननसकेको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद माहिली तामाङले बालबालिकाहरुको शैक्षिक गुणस्तर वृद्वि हुनुमा अभिभावक त्यसमा पनि आमाहरुको भूमिका गहन रहेकोले आफ्ना बाबु नानीहरुको पढाईलाई विशेष ध्यान दिन आग्रह गरिन ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले भोटेकोशी गाउँपालिकाले शिक्षामा गुणस्तर कसरी ल्याउन सकिन्छ भनेर विद्यालय मर्ज लगाएत योजनामा लागिएको बताए । भोटेकोशी गाउँपालिका शिक्षाको लागि मात्र पछाडी परेको नभई संघीय सरकारद्वारा भौतिक पूर्वाधार लगाएत विकामा निर्माणमा समेत पछाडी पारिएको सभामुख देवराज घिमिरे समक्ष राखे ।

बजेटमा समेत भोटेकोशी गाउँपालिकालाई कान्छो गाउँपालिकाको रुपमा छुट्याईएको प्रति उनले टिप्पणी गरे । जनसंख्याको आधारमा नभई भौगोलिक विकटताको आधारले बजेट छुट्याउन पर्ने उनले माग गरे । थोरै बजेटले पनि गाउँपालिकाले उलेख्य काम गर्न सफल भएको उनले दावी गरे ।

भोटेकोशी शिक्षा समितिको बैठकबाट आगमी बर्ष भोटेकोशी बहुमुखी क्याम्पस बनाउने समेत निर्णय भएको उनले जानकारी दिए । त्यस्तै आगमी आर्थिक वर्षदेखि सबै विद्यालयका कक्षा १० सम्मका बालबालिकाहरुलाई दिवा खाजा खुवाउने निर्णय भएको समेत सुनाए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति दोर्जे लामाले सरकारले तातोपानी नाका सर्वसाधारणको लागि खुलाउने भनेर जनताको आँखामा छारो हालेको भन्दै आक्रोस व्यक्त गरे । यसमा जिल्लाका ठूला दलका नेताहरु समेत चुकेको आरोप लगाए ।
त्यस्तै कार्यक्रममा चिनिया राजदुताबासका प्रसतनिधि,नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल नेपाल, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्ण सुवेदी लगाएतले विद्यालयको वार्षिक उत्सव कार्यक्रमको शुभकामना मनतव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयले शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । विद्यालयले निकालेको झिर्पु एक्प्रेस मासिक बुलेटिन सभामुख घिमिरेद्वारा बिमोचन गरिएको थियो ।

स्मरण रहोस झिर्पुको नयाँ विव्यस गठन भएसंगै शैक्षिक गुणस्तर लगाएत गतिविधिले तिब्रता पाएको स्थानीय अभिभावक बताउँछन् । विद्यालयमा ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई चाईना भाषा पढाउन सुरु गरिएको छ ।

सोवर्स एक्सन हङकङ र सोवर्स एक्सन नेपालको आर्थिक सहयोगमा झिर्पु माविमा चाईनिज भाषाको पढाई भएको हो । सोही संस्थाले कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क दिवा खाजाको व्यवस्था समेत भएको विव्यस अध्यक्ष आङछिरी शेर्पाले जानकारी दिए ।

विद्यालयको शैक्षिक गुणस्तरको लागि थप रचनात्मक कार्यक्रम समेत थालिएको उनले सुनाए । अभिभावक, विद्यार्थी, राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगाएतको बाक्लो उपस्थितिका बीच भएको उक्त भव्य कार्यक्रम विद्यालय स्थापना पछिको दोस्रो भव्य कार्यक्रम भएको स्थानीय जानकार बताउँछन् । सोही विद्यालयका पूर्व प्रध्यााध्यापक ज्ञानेन्द्र पौडेलका अनुसार यसअघि विद्यालयको ५० औं वर्ष पुगेको उपालक्ष्यमा स्वर्ण जयन्ती मनाईएको थियो । सामन्य कार्यक्रम मनाईए पनि यो स्तरको कार्यक्रम मनाउन नसकिएको प्रध्यानध्यापक टंक पन्थ बताउँछन् । कार्यक्रममा बालबालिकाहरुले साँस्कृतिक मनोरञ्जन सहित विविध प्रस्तुतीहरु दिएका थिए ।
यसैबीच बार्षिकाेत्सव कार्यक्रमकै अवसरमा झिर्पु माध्यमिक विद्या लयले राखेकाे स्वास्थ्य शिविरमा ४ सय ५० ले विभिन्न सुविधा लिएकाे विव्यस अध्यक्ष शेर्पाले जानकारी दिए । उनका अनुसार डा.ईवामुरा अस्पतालकाे सहयाेगमा भएकाे स्वास्थ शिविरमा प्रेसर, सुगर, हाडजाेर्नी, बालराेग, स्त्रीरोग लगाएतकाे सेवा दिएकाे हाे ।
स्मरण रहाेस शेर्पा विव्यस अध्यक्ष भएसंगै उनले एकलाखकाे अक्षयकाेष सञ्चालनमा ल्याएका थिए ।