अरनिको यातायाता समितिद्वारा पहिलोपटक तीन देशीय रात्रीकालिन बस सञ्चालन गरिदै
दिनेश दुलाल
चैत्र २८, काठमाडौं । यातायात क्षेत्रमा राम्रो नाम चलेको अरनिको यातायात समितिले पहिलोपटक तीन देशीय रात्रीकालिन बस सञ्चालन गर्ने भएको छ ।
गत साल कर्णाली प्रदेशको रुकुम पश्चिममा आफ्नो बस सेवा सुचारु गरेको समितिले यसपटक छिमेकी मुलक चीन र भारतलाई यातायात सेवा मार्फत जोड्ने गरी रात्रीकालिन बस सञ्चालन गर्न लागिएको हो । सुरक्षित भरपर्दो यात्रुमुखी यात्रा गराउन ५१ वर्ष लामो अनुभव प्राप्त गरेको अरनिको यातायात समितिले बैशाख महिना भित्रै तातोपानीबाट एक औपचारिक कार्यक्रमबाट तीन देशीय रात्रीकालिन बस सञ्चालन गर्न लागिएको अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार अरनिको यातायात समितिले नयाँ बर्षको अवसर पारेर चीनसंग जोडिएको उत्तरी नाका चाइना बोर्डर तातोपानीबाट काठमाडौं हुँदै दक्षिणी क्षिमेकी मुलक भारतको भूमि -बिरगञ्ज, रक्सौल) सम्म रात्री बस सेवाले जोडिनेछ । अरनीको यातायात समितिबाट सञ्चालित उक्त रात्रीकालिन सुविधा सम्पन्न बस सुचारु गर्दा त्रिदेशीय सम्बन्ध विस्तार, छिमेकी देशमा जान सहज भई पर्यटकहरु बढ्ने सम्भावना रहने अध्यक्ष क्षेत्रीको भनाई छ ।
सार्वजनिक यातायातको क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्दै आइरहेको अरनिको यातायातले त्रिदेशीय रात्रीकालिन बस सञ्चालन गर्ने योजना अहिले सम्मकै नयाँ तथा उच्च कोटीको सेवा प्रदान गर्न लागिएको उनको दावी छ । उनका अनुसार तीन देशीय सञ्चालन हुन लागेको रात्रीकालिन एसी डिलक्सको अत्याधुनिक बसमा टिभी, सिसि क्यामारा, फ्रि वाइफाई तथा सोफा सिट रहेको हुनेछ । बैशाखको दोस्रो हप्ता देखि सञ्चालनको तयारीमा रहेको एउटा बस तातोपानी आइपुगेको र अर्को आउने तयारीमा क्षेत्रीले जानकारी दिए ।
अरनिको यातायातले देशभरि नै सेवा दिनकै लागी आठ सय बढी बस सञ्चालनमा ल्याएको भन्दै यात्रुको सहजता र सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै सेवा दिइने बताए । यस अघि अरनिको यातायातले भूकम्पबाट प्रभावित परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका लागि निःशुल्क बस सेवा प्रदान गरेसगै त्यहाँका स्थानीयको माग आएपछि अरनिको यातायात समितिले नियमित बस सञ्चालन गरेको थियो । हाल पूर्व अरनीको यातायात प्राली पुनः साविककै अरनिको यातायात समिति कायम भएको छ । समितिले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलान्चोक, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, लगायतका जिल्लाका ग्रामीण भेगहरूमा सेवा प्रदान गर्दै आएको छ ।

