दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव सम्पन्न, रामदेवी माविले १२ स्वर्ण प्राप्त ग¥यो


कार्तिक १६, चौतारा । दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव २०८१ विविध खेलकुद कार्यक्रम सम्मपन्न गर्दै बिहिबार सम्पन्न भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ चौतारा साँगाचोकगढी नगरपालिका –१३ स्थित नर्सिङ डाँडा शहिद स्मृति खेलकुद मैदान ठूलोसिरुवारीमा भएको खेलकुद महोत्सवको समापन प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

बुधबार र बिहिबार भएको खेलकुद महोत्सवमा कराते तर्फ नगरभित्रका ९ वटा मावि विद्यालयहरुको प्रतिस्पर्धा भएको कराते महासंघका अध्यक्ष ठूलोसिरुवारी डोजोका प्रमुख प्रशिक्षक गंगा लाल श्रेष्ठले जानकारी दिए । नगर मावि स्तरीय जुनियर कराते प्रतियोगितामा १ सय ८० जना खेलाडीहरुले भाग लिएका थिए । कराते प्रतियोगितामा ठूलोसिरुवारी डोजो शाखा श्री राम देवी मावि हर्रे १२ स्वर्ण, रजत ७ र कास्य ६ सहित प्रथम भएका छन् ।

यसैगरी स्वर्ण ९, रजत ७ र ९ कास्य पदक हासिल गर्दै श्री सतीदेवी मावि ठूलोसिरुवारी दोस्रो भए । श्री कुण्डला देवी मावि ठूलोसिरुवारी ५ स्वर्ण, रजत ३ र कास्य पदक ६ हासिल गरी तेस्रो भए ।
यसैगरी खेलकुद महोत्सवमा १३ नं वडा भित्रका दुइ मावि विद्यालयको प्रतिस्पर्धा भएको थियो । यसपटक सबै खेलहरुको आधारमा सेतीदेवी माविलाई पछि पार्दै कुण्डला देवी मावि विजेता भएको छ । पहिलो खेलकुद महोत्सवमा सतीदेवी पहिलो भएको थियो । यसवर्ष दोस्रो खेलकुद महोत्सवमा दुवै माविले बराबर १६ – १६ स्वर्ण प्राप्त गरेका थिए तर रजत पदकको आधारमा कुण्डला च्याम्पियन बनेको हो ।

विजेताले शिल्ड, मेडल सहित नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । विजेता खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरिक्षक सन्तोष खड्का र वडाध्यक्ष राम प्रसाद गौतमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
खेलकुद महोत्सवमा कराते, दौड, फुटबल, भलिबल, सटफुट, ज्याब्लिन थ्रो प्रतियोगिता भएको थियो । वडास्तरीय खेलकुद विकास समिति चौतारा साँगाचोकगढी १३ को आयोजनामा खेलकुद महोत्सव आयोजना भएको हो । वर्षेनी आयोजना हुदै आएको खेलकुद महोत्सवले खेल क्षेत्रको विकासका लागी महत्पूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन् ।