चौतारा साँगाचोकगढीको सार्वजनिक सुनुवाइ सम्पन्न, ४३ प्रतिशत वितीय प्रगती

निर्मल बस्नेत – चौतारा
चौतारा साँगाचोकगढी नगरपालिकाको आ.व. २०८०÷०८१ को श्रावण देखी हालसम्मको प्रगती विवरण एक कार्यक्रमको बिच सार्वजनिक गरेको छ । नगरले सार्वजनिक गरेको प्रगती विवरणमा हालसम्म ४३ प्रतिशत बितीय प्रगती हासिल गरेको छ ।

बिहिबार नगरपालिकाले झुल्का मिडिया प्रा.लि.संग समन्वय गरि उक्त सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रममा सहभागिहरुबाट उठेको प्रश्नको जवाफ नगरप्रमुख कृष्णप्रसाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले दिएका थिए । कार्यक्रमको औचित्य र महत्वबारे भने नगरपालिका उपप्रमुख सीता थापाले प्रष्ट्याएकी थिईन् ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले सार्वजनि सुनुवाई कार्यक्रममा नगरले ६ महिनाको अवधिमा सम्पन्न गरेको ४ पृष्ठको कार्यप्रगती बिवरण प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रगती विवरणमा आवश्यकता अनुसार विभिन्न कानुनहरु(ऐन, नियमावली, निर्देशिका, नीति तथा कार्यबिधिहरु) निर्माण गरि कार्यन्वयनमा ल्याएको उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा ३ सय ७६ जना वालवालिकालाई पूर्ण खोप, २१ वटा प्रशुदी सेवा, ४४ जनाको मोतियाबिन्दुको सल्यक्रिया सम्पन्न गरेको, शिक्षामा ६५ जान शिक्षकहरुलाई ५ दिने आई सि टी तालिम, १ हजार ६ सय २० जना अभिभावकरुलाई अभिभावक शिक्षा कार्यक्रम, १–५ अङ्ग्रजी माध्यम अध्यापन गर्ने ५२ जना र ६ देखी ८ अध्यापन गर्ने ३२ जना शिक्षकहरुलाई ३ दिने क्षमता अभिबृद्धी तालिम सम्पन्न गरेको र ३१ जान वालविकास सहजकर्ताहरुलाई ५ दिने तालिम सञ्चालन भईरहेको जानकारी गराए ।

त्यस्तै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियागिता २०८० मा ४१ स्वर्ण पदकसहित जिल्लामै प्रथम हुन ुफल भएको उल्ल्ेख गरेका छन् । ढकालले प्रस्तुत गरेको प्रतिबेदनमा कृषि, पशुसेवा, वन तथा वातावरण , स्वरोजगार, लघुउद्यम, बिपद् व्यवस्थापनमा उल्लेख्य काम गरेको उल्लेख गरिएको छ ।

नगरपालिका मा २४ वटा बोलपत्रहरु आह्वान गरिएकोमा १७ वटा वोलपत्र सम्झौता भईसकेको र १३ वटा योजनाहरुको भुक्तानी कार्यसमेत सम्पन्न भईसकेको जानकारी गराए ।

नगरपालिकाले दहत्तर बहत्तरवाट २० करोड ४१ लाख ८४ हजार ३ सय ४४ राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०८०÷०८१ को लागि १ अर्व २४ करोड ५२ लाख विनियोजन गरेकोमा हालसम्म ५३ करोड ५४ लाख ३६ हजार खर्च भएको छ । यो कुल बजेटको ४३ प्रतिशत हो ।

पत्रकार टीका दाहाल र बिदुर आचार्यको उद्घोषणमा भएको कार्यक्रम जनप्रतिनीधि, कर्मचारी, रानीतिक दल, नागरिक समाज र नगरबासीको सहभागितामा सम्पन्न भएको हो ।