सशस्त्र प्रहरी बल १६ नम्बर गणद्वारा समुदाय विपत स्वयंसेवक तालिम
बैशाख ३१, खाडीचौर । जिल्लाको सुनकोशी गाउँपालिकामा समुदाय विपत स्वयंसेवक १९ दिने तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल १६ नम्बर गण हेडक्वाटर सिन्धुपाल्चोक र सुनकोशी गाउँपालिकाको संयुक्त आयोजनामा सुनकोशी गाउँपालिकामा वैशाख १० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको हो ।
समुदाय विपद स्वयंसेवक तालिममा स्थानीय १९ जना व्यक्तिहरू सहभागी भएका थिए । भविष्यमा आइपर्ने विपतजन्य घटनाहरू खोज उद्धार तथा राहतका कार्यहरूमा समुदायको प्रतिनिधित्व गर्ने गरी सहभागीको अपेक्षा राखिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वाटर सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक हरिनारायण श्रेष्ठले बताए ।
तालिम गाउँपालिका उपाध्यक्ष कान्छीलामाको प्रमुख आतिथ्यतामा मङ्गलबार सुनकोशी गाउँपालिका कार्यालय रहेको खाडीचौरमा सम्पन्न भएको हो । सहभागीलाई उपाध्यक्ष लामा र सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।
तालिम निकै उपलब्धिमूलक बनेको समुदाय विपत स्वयंसेविका तालिममा सहभागी लालबहादुर जिसीले बताए । तालिमले भविष्यमा आइपर्ने विपतजन्य घटनाहरू खोज उद्धार तथा राहतका कार्यहरूमा समुदायको प्रतिनिधित्वको फलदायी बनेको अर्का सहभागी सुशान्त तामाङले बताए ।

