सहायक सामग्री पाएपछि अपाङ्गता भएकाहरुमा छायो खुसी निर्मल बस्नेत
असार १०, बलेफी । दैनिक जीवनयापनका क्रममा कष्ठ झेलिरहेका सिन्धुपाल्चोकका ४४ जना अपाङ्गता भएका व्यक्तिहरुले सहयक सामग्री पाएका छन् । नेपाल बैँकको सहयोगमा राष्ट्रिय अपाङ्ग एकता केन्द्रले उनीहरुलाइ सहायक सामाग्री बितरण गरेको हो ।

एकता केन्द्र सँस्थाले सिन्धुपाल्चोक जिल्लाका चौतारासाँगाचोकगढी नगरपालिका,जुगल गाउँपालिका र बलेफी गाउँपालिकामा रहेका बिपन्न अपाङ्गता भएका व्यक्तिहरुलाइ बैशाकी र एल्बो कर्चेज बितरण गर्ने योजना अनुरुप नै वितरण गरिएको अध्यक्ष टीकाराम पराजुलीले बताए ।

नेपाल बैँक चौतारा शाखाका प्रमुख अनिल मिजार, बैंकको कर्मचारी मिलन चौहान र संस्थाको उपाध्यक्ष सुजन पराजुलीको सहभागितामा उक्त सामग्री वितरण गरिएको हो ।
वितरित सामग्रीहरुमा बैशाकी र एल्बो कर्चेज रहेका थिए । वितरण कार्यक्रम सुरुवात चौतारासाँचोकगढी नगरपालिका वडा न.११ कृष्ण बहादुर तामाङलाइ वैशाकी वितरण गरि सुरुवात भएको कार्यक्रम बलेफी गाउँपालिकाको करङगैरा सम्म रहेको थिायो । नगरपालिकाको हर्रे बजार,जलकिने बजार,इर्खु बजार र चौतारा बजारमा एल्बो कर्चेज र बैसाकी वितरण गरि बलेफी र जुगल गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाइ सामाग्री वितरण गरिएको थियो । उनीहरुले काठको लठ्ठी प्रयोग गरिरहेका थिए ।
नेपाल बैंकले सामाजिक उत्तरदायित्व बहन गर्नपर्ने कार्यक्रम अनुरुप संस्थासंगको सहकार्यमा वितरण गरेको सामग्री पाएर निकै खुसी भइ नेपाल बैँकलाइ र सँस्थालाइ उनीहरुले धन्यवाद दिएका थिए । बर्षायामको सुरुवाती क्षणमा भौगोलिक विकटताले गर्दा ढुङ्गा र गेगर लगायतका अवरोध पन्छाउँदै गाउँ गाउँमा पुगी सामाग्री वितरण गरि कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष पराजुलीले जानकारी दिए ।
संस्थाले यस भन्दा अघि पनि विभिन्न दाताहरुको सहयोगमा अपाङ्गता अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम र सहायक सामग्री साथै फोहोर व्यवस्थापनको लागि डष्टविनहरु वितरण गर्दै आएको संस्थाका उपाध्यक्ष सुजन पराजुलीले बताए ।

