चौताराको १ अर्बमाथि अनुमानित बजेट सार्वजनिक निर्मल बस्नेत
१० असार, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक बर्ष २०८३÷ ८४ को लागि १ अर्ब भन्दा बढी रकमको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर कार्यपालिकामा चरणवद्ध छलफलका बिच विविध पक्षलाई समेटेर बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बस्तुगत आवश्यकता र वर्तमान स्थितीको मध्यनजर गरि बैज्ञानिक रुपले बजेट निर्माण र योजनाहरुको छनोट गरिएको बताए । उनका अनुसार विषयगत र क्षेत्रगत छलफल अझै अगाडी बढाई बजेटलाई मुर्त रुप दिने भनाई छ ।

नगर उपप्रमुख सिता थापाले २०८२÷ ८३ को प्रगती प्रतिबेदन र २०८३÷ ८४ को आर्थिक नीती तथा अनुमानित वजेट प्रस्तुत गरेकी थिइन् ।

थापाले प्रस्तुत गरेको प्रतिबेदनमा नगरपालिकाले सन्तोषजनक रुपमा उपलब्धी हासिल गरेको तथ्याङ्क रहेको छ ।
नगरउप्रमुख थापाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योगलाइ उच्च प्राथमिकतामा राखी बजेट निर्माण गरिएको बताईन् । साथै भौतिक निर्माण र प्रविधि मैत्री सेवा प्रवाहलाई समेत जोड दिने कुरा उल्लेख छ ।
नगरको प्रत्येक वडालाई ८५ लाखका दरले रकम छुट्याएको छ । त्यस्तै पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्दन संगै सुख्खा ग्रस्त क्षेत्र व्यवस्थापनको लागि भनेर विशेष महत्वका साथ लिएको पाइन्छ । जसमा नगरको ८, ९, १०, ११, १२ ,१३ र १४ नम्बर वडाहरु रहेका छन् ।
पूर्व नगरप्रमुख अमानसिं तामाङले अधुरो कार्यहरुलाई बजेट बिनियोजन गर्न माग गरे । चौतारालाई पुरानै दिनको झल्को दिने बनाउन शिक्षा , स्वास्थ्य र पर्यटनलाई जोड दिएमा मात्र भविस्य रहने कुरामा ध्यानाकर्षण गराए । तामाङले चौतारा नगरलाई सुन्दर बनाउन सवै जनप्रतिनीधि र कर्मचारीहरु अग्रसर रहोस् भन्ने कामना गरे ।
सामाजिक विकास समितिका संयोजक रामप्रसाद गौतमले चौताराको प्राविधिक शिक्षालयलाई महाविद्यालय बनाउनपर्ने कुरा औल्याएका छन् ।
यसै गरि वडा नम्बर ८ का अध्यक्ष अमृत दंगाल र १४ नम्बर वडाका अध्यक्ष उद्धब प्रसाद नेपालले समग्र नगरपालिको विकासमा वडाहरुको समेत आवश्यकतालाई उच्च प्राथमिकता दिनुपर्ने कुरा औल्याएका थिए ।
नगरसभा नगरको जनप्रतिनिधी , कर्मचारी र सञ्चारकर्मीहरुको सहभागितामा नगरसभाको हलमा सम्पन्न भएको नगरको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेले बताए । उनले शुशासन र वित्तीय प्रगतिमा जोड दिदै नगरलाई अरुभन्दा छुट्टै चिनारी बनाउन लागि पर्न सवै कर्मचारीहरुलाई निर्देशन दिए ।

