सिन्धुपाल्चोकको ठूलोसिरुवारीका कराते खेलाडी राष्ट्रिय च्याम्पियन हुन सफल
दिनेश दुलाल
जेष्ठ २३, चौतारा । सिन्धुपाल्चोक जिल्लाको ठूलोसिरुवारीका कराते खेलाडी राष्ट्रिय राष्ट्रिय च्याम्पियन हुन सफल भएका छन् ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीका कराते डोजोका उत्पादन रन्जित मैनाली स्वर्ण पदक प्राप्त गरि राष्ट्रिय छनोटमा परि भुटानको साउथ एसियन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदको स्वीकृत तथा नेपाल कराते महासंघको आयोजनामा ५६ आंै राष्ट्रिय कराते प्रतियोगिता तथा मिसन २०२६ एशियन गेम तथा जुलाई १७ देखि २० सम्म भुटानको थिम्पुमा हुन लागेको ८ औ साउथ एसियन कराते प्रतियोगिताको छनोट प्रतियोगितामा मैनाली छनौट हुन सफल भएको एशियन गेमका रेर्फी तथा प्रशिक्षक गंगा श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीय तह देखि छनोट गर्दै आएका ७ प्रदेश ३ विभागीय टीम पुलिस, आर्मी, सशस्त्र प्रहरी र नेशनल टीम बीच भएको प्रतिस्पर्धामा ठूलोसिरुवारीका कराते डोजोका उत्पादन मैनाली एशियन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन ।
स्मरण रहोस सोहीका डोजोका खेलाडी अन्जन पुरी २०७८ को राष्ट्रिय प्रतियोगिता रास्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय च्याम्पियन बनेर हाल राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन । त्यस्तै सोहीका रोजन श्रेष्ठ पनि यसै डोजोका खेलाडी हुन उनले पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक हाँसिल गर्दै आफ्नो ठूलोसिरुवारी र सिन्धुपाल्चोकको नाम उच्च गर्दै हाल नेपाल आर्मी क्लब बाट सिधै राष्ट्रिय छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन । यति ठूलो नतिजा ल्याउनमा वडाका जनप्रतिनिधि राम प्रसाद गौतम सहित जनप्रतिनिधिले खेल प्रति गरेको मायाले यो स्थान सम्म पुग्न सफल भएको प्रशिक्षक श्रेष्ठ बताउँछन् । अझ ठूलो नतिजा ल्याएर आफ्नो ठाउको नाम राखेर ठूलोसिरुवारी बासीको शिर उच्च पारेर गर्व गर्ने ठाउँ राख्ने उनले प्रतिवद्धता जनाए । ठूलोसिरुवारीले एकदशक यता खेल क्षेत्रमा निकै प्रगति हाँसिल गरेको छ ।