कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्रिपरिषद्‌को निर्णय

चैत्र ११, २०८१
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय भएको हो ।

सरकारले घिसिङलाई पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । यसअघि गत फागुन २५ गते घिसिङले आफूलाई पदबाट हटाउनु पर्ने गरी एउटै काम नगरेको भन्दै मन्त्रालयमा सफाई पेश गरेका थिए । घिसिङले आफूले नेतृत्व लिएपछि लोडसेडिङ अन्त्य भएको, ९९ प्रतिशत विद्युतीकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्‍याएको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको बताएका छन् । उज्यालाे नेपाल अभियान्ताकाे रूपमा चर्चामा रहेर नेपाली जनताकाे मन जित्न सफल भएका घिसिङलाई सरकारले बलजफ्ती हटाएकाे प्रति सरकारकाे चाैतर्फी आलाेचना सुरू भएकाे छ ।