शिक्षा बिधेयक संशाेधनमा शसक्त भूमिका निर्वाह गरेको छु – सांसद सापकोटा

निर्मल बस्नेत
(२०८० पौष २५), चाैतारा । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ´सुवाेध` ले शिक्षा बिधेयक संसोधनमा आफूले शसक्त भूमिका निर्वाह गरेकाे दावी गरेका छन् ।

चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १ स्याउलेमा रहेकाे सेतीदेबी माध्यमिक बिद्यालयको ७१ बार्षिकोत्सव अभिभावक भेला, २४ औँ भूतपूर्व बिद्यार्थी पुर्नर्मिलन समारोह कार्यक्रमका प्रमुख अतिथी सांसद सापकोटाले उक्त धारणा राखेका हुन् ।

सेतीदेबीको बार्षिककोत्सव कार्यक्रमको उदघाटन पछिकाे मन्तव्यलाई सम्बाेधन गर्दै सांसद सापकाेटाले स्याउले बासीले आफूलाई राजनीतिको उचाईमा पुर्याउन सामाजिक रुपमा अहम् भूमिका खेलेको भन्दै स्याउलेबासीलाई धन्यबाद व्यक्त गरे । उनले स्याउलेको जनमत लिन नपाएपनि बिगतको सहयोग र टिकट प्राप्तीको क्षणमा रचनात्क उत्प्रेरणा र हौसला दिएर सहयोग गरेको स्मरण गरे ।  

उनले बर्तमान बिद्यालय शिक्षा बिद्येयक ऐन संसदमा पेश भएको बताए । उक्त विद्येयक पर्याप्त नरहेको र बस्तुवादी नभएकोले संसोधनको लागि प्रतिनीधिसभामा संसोधन दर्ता पेश गरेको बताए  । उक्त बिद्येयक संसोधन गरि आम जागरिकको पक्षमा उभियर वर्तमान आवश्यकता पुरा गर्ने, शैक्षिक गुणस्तर बृद्धि गरि दक्ष जनशक्ति निर्माण गर्न सक्ने बनाउन आफुले संसदमा शसक्त भूमिको जिकिर गरे ।

´हाम्रो गाउँबाट शहर र शहरबबाट बिदेश जाने र देशको सामाजिक , आर्थिक स्थिती भयाभह हुने जुन कल्चर बिककास भईरहेको छ त्यो रोक्नुपर्दछ`, उनले भने । आम नवजवानहरुलाई विदेश मोह रोकेर स्वदेशमै केहि गर्न सक्ने वातावरण सिर्जजा गर्न लागि पर्न आग्रह गरे ।  उक्त वातावरण सिर्नना गर्न सरकारको भूमिका उच्च रहेको भन्दै त्यसमा आफुले रचनात्मक भूमिका निर्वाह गरि सरकारको कामकारवाहीमा सहयोग प्रतिबद्धता जनाए ।

सांसद् सापकोटाले देशमा केहि हुन्न र सकिन्न भन्ने बजार चर्चा चलेकोले उक्त भ्रममा नपर्न अपिल गरे । उनले  सरकार जनउत्तरदायि भएर काम गर्दै समाजबादउन्मुख यात्रामा रहेकोले सवैैलाई सकारात्मक र रचनात्मक सहयोग गर्न आग्रह समेत गरे ।

स्मरण रहाेस बि.स. २०१० सालमा बिद्यालयको संस्थापक स्व.धनबहादुर जोशीको घरेको पिडीबाट पठनपाठन हुदैै संचालनमा आएको विद्यालय आईपुग्दा सुबिधासम्पन्न भवनमा आईपुगेको हाे । उत्तरमा जुगल हिमाल, दक्षिणमा ईन्द्रवती , पूर्वमा चौतारा र पश्चिममा  पाँचपोखरीको सौन्दर्यको बिच पहाडको काँखमा अवस्थित बिद्यालय , रमणीय शान्त र वालमैत्री रुपमा निर्मित रहेको छ । चौतारा स्याउले सडकको छेउमा नै निर्मित बिद्यालयमा स्याउले, बतासे, इन्द्रावतीको सिम्पालकाभ्रे र जुगल गाउँपलिकाका बिद्यार्थीहरुले अध्ययन गर्दै आईरहेको छ ।

गाउँगाउँका बिद्यालयमा वालवाललिका न्यून रहेर बिद्यालयहरु आपसमा मर्ज गर्नुपर्ने अवस्थाहरु धमाधम सिर्जना भईरहेको प्रशस्तै उदाहरण भेटिन्छन् । सवैको रोजाई शहरबजारको बसाई सहितको अध्ययन र सुविधा रहेको पाईन्छ । सेतीदेबीमा भने त्यसको प्रभाव परेको देखिन्न ।
जिल्लाको सदरमूकाम चौतारा नजिकै रहेता पनि यहाँको विद्यालयमा ५ सय  ३४ जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यो अन्य ग्रामिण भेगको विद्यालयको तुलनामा अधिक नै हो ।

सेतीदेबीका बिद्यार्थीहरुले नेपाली र अंग्रेजी दुवै माध्यमबाट सिकाई हासिल गरिरहेका छन् । जसको प्रभाव बिद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा सलिना श्रेष्ठको समारोहमा गरिएको प्रस्तुत मन्तव्यबाट पनि प्रष्ट भएको थियो ।
विद्यालयको प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले प्रस्तुत गरेको बार्षिक प्रतिबेनदमा बिद्यालयको आफ्नै नाममा १२ रोपनी २ पैसाको जग्गामा रहेका उल्लेख गरेका छन् । आफ्नै स्वामित्वमा जग्गा भएकोले भौतिक संरचना निर्माण गर्न सहज भएको पाईएको छ । सुविधासम्पन्न भवनमा बिज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, १ हजार ४ सय पुस्तकसहित व्यवस्थित पुस्तकालयको व्यवस्थापन रहेको छ । बिद्यालयमा तहगत शिक्षक २६ र २ जना कार्यालय सहयोगि गरि २८ जान कर्मचारी रहेका छन् । विविध सास्कृतिक कार्यक्रमका बिच सम्पन्न बार्षिकोत्सव कार्यक्रममा विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग पु्रयाउनेहरु, तहगत रुपमा छनोट भएका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरि अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने, कक्षागत रुपमा प्रथम, द्वतीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै स्याउले धाउखानी निवासी समाजसेवी रामजी थापा र थापा बुक्स चौताराका प्रोपाईटर कुमार थापाले बार्षिक रुपमा गरिब तथा जेहेन्दार छात्राबृति उपलब्ध गराउदै आईरहेका छन् । कार्यक्रमका बिच ग्लोबल आईएमइ बैंक चौताराको तर्फबाट शाखा प्रवन्धक नविन श्रेष्ठले १ छात्र र १ छात्रा गरि २ जनालाई रु.३ हजारका दरले ६ हजार प्रदान गरेका थिए ।

त्यस्तै पूर्व प्रद्यानाध्यापक केशबलाल श्रेष्ठले बिद्यँलयमा नियमित आई चासो र निरानी राख्ने अभिभावकहरुलाई रु ५ हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । उक्त पुरुकार बिद्यालयमा उपस्थिति रजीस्टर खडा गरि सवैभन्दा बढी उपस्थित हुने प्रथम, द्धितिय, तृतीय र चतुर्थ हुनेलाई प्रदान गरिने विद्यालयले जनाएको छ ।

अझ रोचक कुरात यहाँको बिद्यालय व्यवस्थापन समिति निरमाया तामाङको अध्यक्षतामा सम्पूर्ण सदस्यहरु महिलाहरु मात्र छन् । मात्र सदस्य सचिव प्रधानाध्यपक भने पुरुष छन् । महिलाहरुको व्यवस्थापन समिति रहेकोले समिति निर्माणयता बिषेश चासोका साथ यस विद्यालयलाई लिएको पाईन्छ ।
शिक्षक रामहरी शर्मा र पंञचलाल श्रेष्ठको उद्घोषणमा सञ्चालित ७१ औँ बार्षिकोत्सव कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दल, बुद्धिजीबी, समाजसेबी, जग्गादाता,चन्दादाता, शिक्षक, विद्यार्थी, अभिभावक र संचारकर्मीहरुको सहभागितामा भव्यताकासाथ सम्पन्न भएको थियो ।