केन्द्रिय सदस्य सापकोटाले ४ मृतक परिवार संग भेटघाट, जुगल १ कार्कीको परिवारलाई ५० हजार सहयोग

निर्मल बस्नेत
पुस २०, सेलाङ ( सिन्धुपालचोक ) । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य माधब सापकोटा सुवोधले चौतारा साँगाचोकढी नगरपालिकाको ३ र जुगल गाउँपालिकाको १ गरि ४ मृतक परिवारसंग भेटघाट गरेका छन् ।

चौतारा साँगाचोकगढी ४ सिम्पानीकी ७३ बर्षिया मृतक हरीमाया शर्माको परिवार, वडा नं. २ साकीनेका ८३ वर्षिय गणेश बहादुर मगर र रानीटारकी ७८ वर्षिय विष्णुमाया काफ्लेको परिवारसंग भेटघाट गरेका हुन् ।

जुगल गाउँपालिका १ को मृतक राजकुमार कार्कीको १२ दिनको पून्य तीथिको अवसरमा नेपाल कम्युनिष्ट पार्टी माआवादी जुगल गाउँपालिका १ वडा कमिटीले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मृतक कार्की माआवादीको १० वर्षे जनयुद्धमा भूमिगत भई जनमुक्ति सेना नेपालको प्लाटुन कमाण्डरसमेत भएका थिए । कार्यक्रमका प्रमुख अतिथी सापकोटाले मृतकको विषयमा लामो चर्चासमेत गरेका थिए । कार्की सापकोटा २०६० सालमा माओवादीको जिल्ला सेक्रेटरी हुँदा आफ्नो सचिवालयमा रहेर इमान्दरीपूर्वक काम गरेको समेत स्मरण गरेका थिए ।

त्यतीमात्र नभई कार्कीले पार्टी र क्रान्तिको निम्ति कयौँ कठीनाई र चुनौतीको सामना गरेको जानकारी गराए । सापकोटाले कार्कीको परिवारलाई कतिपनि विचलित नहुन आग्रह गर्दै आफू र पार्टीले संरक्षकको भूमिका निर्वाह गर्नेछ त्यसमा ढुक्क रहनुन् । कार्यक्रममा पार्टीको तर्फवाट संकलित सहयोग रकम रुÞ ५० हजार मृतकको परिवारलाई सापकोटाले प्रदान गरेका थिए ।

कार्कीको श्रद्धाञ्जलीमा पूर्व जनमुक्ति सेनाका विग्रड सहायक कमाण्डर धनन्जय शर्मा,सहकर्मीहरु, जिल्ला सल्लाहकार झंकप्रसाद उपाध्याय, भिम बहादुर दमाई, माओवादी जुगलका अध्यक्ष रेशम स्याङ्वो, सचिव तुलनाथ घिमिरे, परिवारजन र सेलाङबासीहरुको सहभागिता रहेको थियो ।