सिन्धु एमालेको जिल्ला अधिवेशनको उदघाटन सत्र सम्पन्न, भोली बन्द सत्र हुने

दिनेश दुलाल
चैत्र १६, चौतारा । नेकपा (एमाले) सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनको उदघाटन सत्र सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम चौतारा बजारमा बाजागाजा ¥याली सहित टुँडिखेलमा पुगेर उदघाटन सत्रमा परिणत भएको थियो ।

एमाले जिल्ला अधिवशेनलाई नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएपनि कार्यक्रममा उनी आएनन । पार्टी केन्द्रीय अध्यक्ष ओली नआएपछि केन्द्रीय शिर्ष नेतृत्व सहभागी थिए । लगाएत पदाधिकारी तथा जिल्ला शिर्ष नेतृत्वले सम्बोधन गर्ने भएपछि टुँडिखेलमा जनताको बाक्लो उपस्थिति हुने अड्कल गरिएको थियो यद्यपि सो पार्टीले आंकलन गरेजति जनताको उपस्थिति हुन सकेन । अधिवेशन खुला सत्रको उदघाटन नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोराले गरेका हुन् ।

अधिवेशन उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै अध्यक्ष बोहोराले समाजवादमा नगई नेपाली जनतालाई सुख र समृद्धी ल्याउने नसक्ने हुँदा व्यापक जनतालाई गोलबन्द गरेर मात्र सम्भव भएको बताए । एमालेको ठूलो जनमत भएपनि पराजित भएको अवस्थालाई यो अधिवेशनले त्यसलाई समीक्षा गर्दै पुर्ताल गर्ने बताए ।

पार्टीभित्र असिष्ट नभई सर्वस्विकृत नेतृत्व सके सर्वसहमत रूपमा नभए लोकतान्त्रिक प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्न उनले सुझाए । माक्र्सवादी आदर्श र कम्युनिष्ट आचारण हराउँदै गएको प्रति लक्षित गर्दै नेता बोहोरालेजनतालाई आर्थिक रूपान्तरण गर्न वामपन्थी एकताको आवश्यकता रहको औंल्याए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य एवम बागमति प्रदेश ईन्चार्ज स्थायी कमिटी सदस्य एवम बागमति प्रदेश ईन्चार्ज गुरु बरालले पछिल्लेपटक मुलुकमा बनेको वामपन्थी सहितको नयाँ गठबन्धनप्रति जनतामा आशाको संचार बढेको बताउँदै अब विस्तारै जनतामा रहेको निराशा र कुण्ठा हट्ने दावी गरे । संघ र प्रदेशमा जस्तै नयाँ समिकरणमा सिन्धुपाल्चोकमा पनि १२ पालिकामा वामपन्थीहरूको नयाँ सन्देश दिन सक्ने उनले बताए । सिन्धुपाल्चोकको समग्र रूपान्तरणको कामलाई नेकपा एमालेले जिवन्त दिने उनले सुझाए ।

त्यस्तै अर्का स्थायी कमिटि सदस्य एवम पूर्व कानुनमन्त्री शेरबादुर तामाङले सुनकोशी तेस्रो जलविद्युत आयोजनाले बृहत् योजनालाई आफू कानुमन्त्री तथा गोकुल बास्कोटा सञ्चारमन्त्री हुँदा आयोजना पासु गरेपनि कांग्रेस सहितको गठबन्धन सरकारले त्यसप्रति कुनै चासो नदिएकोप्रति कटाक्ष गरे ।

त्यस्तै कार्यक्रमा बागमति प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले हिजोको गठबन्धन तोरी र कोदो जस्तो भएपनि अहिलेको गठबन्धन कोदो र मोकै जस्तो भएको टिप्प्णी गरे । एमालेको यो अधिवेशन एकतावद्ध पार्टीमा रूपान्तरण हुने दावी गरे ।
कार्यक्रममा पोलिटव्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज गोकुल बास्कोटाले अधिवेशनमा शुभकामना मन्तव्य राखेर बाहिरिएका कांग्रेस, माओवादी केन्द्र र समाजवादीका प्रतिनिधिहरु प्रति व्यंग गर्दै पाहुनाहरुले नै आयोजकलाई प्रश्न उठाएर हिड्नु अस्वभाविक भएको टिप्पणी गरे । एमालेबाट फुटेर गएको समाजवादीप्रति कटाक्ष गर्दै उनले प्रतिप्रश्न गर्दै भने,–‘किन पाट्री छोडेर हिड्नु भयो, घरमा आगो लगाएर खरानी लिएर हिड्नु भयो नी ?’

माओवादीले आफूलाई असहज हुँदा टाँसिन्ने मौका पर्दा तरबारले मार हानेको भन्दै कम्युनिष्ट एकताको रटान गर्नु असान्र्दभिक भएको टिप्पणी गरे । यो प्रवृतिबाट माओवादी मुक्त नभएसम्म एकताको रटानले मात्रै कुनै अर्थ नराख्ने बताए । त्यस्तै कांग्रेसलाई अवसरवादको संज्ञा दिंदै चिसाको घरमा ढुङ्गा हानेर हिड्नु रमिते बनेको टिप्पणी गरे । आफ्नै पार्टीका मन्त्री माथि नैतिकताको प्रश्न उठ्दा बोल्न नसक्ने कांग्रेसले अरुलाई नैतिकताको पाठ सिकाएको प्रति व्यंग्य गरे । कार्यक्रममा छिमेकी जिल्लाबाट आएका पार्टी अध्यक्ष, सिन्धुपाल्चोकका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच पार्टीको बन्दसत्र भोली आहालडाँडा स्थित कवर्डहलमा गरिने सो पार्टीले जनाएको छ । जिल्लाभरका ७ सय ४५ प्रतिनिधि सहभागि हुनेछन् ।