ठूलोसिरुवारीमा पहिलोपटक खेलकुद महोत्सव, २ सय २३ खेलाडी सहभागी

कार्तिक २७, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीमा पहिलोपटक खेलकुद महोत्सव सुरु भएको छ ।
वडा स्तरीय खेलकुद विकास समितको आयोजनामा तिहारको दोस्रो दिन अर्थात २६ गते सुरुवात भएको खेलकुद महोत्सव आज सम्म चल्ने छ । उक्त महोत्सवकोे उदघाटन १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले गरेका हुन् ।

खेलकुल महोत्सवको उदघाटन गर्दै नगर सामाजिक विकास संयोजक समेत रहेका वडाअध्यक्ष गौतमले खेल विधा मानव जीवनको लागि अपरिहार्य भएकोले वडाले विशेष प्राथमिकता दिएर लगानी गरिएको बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका संयोजक सुरेश राना, पूर्व जनप्रतिनिधि ईन्द्रबहादुर नेपाल लगाएत वडा स्तरीय राजनैतिक दलका प्रतिनिधि, लगाएत स्थानीय जनताको उपस्थितिमा भएको थियो ।

खेलकुद महोत्सव २०८० नगर र वडा कार्यालयको आर्थिक सहयोगमा भएको हो । नगद पुरस्कार प्रथमलाई १५०० र द्वितीयलाई १००० सहित प्रमाण पत्र र टर्फी विजेताले पाउने छन् ।

महोत्सवमा कँराते, फुटबल, भलिबल, सटफुट र ज्याब्लिङ थ्रो गरी ६ वटा खेल विधा भएको एशियन गेमका प्रशिक्षक गंगाबहादुरले जानकारी दिए । उनका अनुसार दौड ३४, सटफुट तथा ज्याब्लिङ थ्रो ४७, भलिबल ४०, फुटबल ६० र कराते ४२ समेत गरेर जम्मा २ सय २३ जना खेलाडी सहभागी रहेका छन् ।

पहिलो दिनको खेलमा ३००० मिटर दौड प्रतियोगितामा केटा तर्फ रोजन श्रेष्ठले ८ मिनेट १४ सेकेन्डमा पार गरी प्रथम भएका छन् भने पेम्बा तामाङ ८ मिनेट २९ सेकेन्डमा पार गरी द्वितीय भएका छन् ।

त्यसैगरी केटी तर्फ कुण्डला माविकी अञ्जना दुलालले ११ मिनेट ३५ सेकेन्डमा ३००० मिटर पार गरी प्रथम भएकी छिन भने सेतीदेवी मावीकी अस्मिता श्रेष्ठले ११ मिनेट ४३ सेकेन्डमा पार गरी द्वितीय भएकी छिन् ।

त्यस्तै भलिबलमा सेतीदेवी विद्यार्थी प्रथम र सेतीदेवी शिक्षक समुह द्वितीय भएको छ । त्यसैगरी सटफुटमा केटातर्फ सुदिप गहतराज प्रथम भएका छन् भने दिलिप दुलाल द्वितीय भएका छन् । त्यस्तै केटी तर्फ मनिषा तामाङ प्रथम र सपना तामाङ द्वितिय भएकी छिन् । त्यसैगरी ज्याब्लिङ थ्रो मा केटा तर्फ राजिव थापा प्रथम र सन्तोष श्रेष्ठ द्वितीय भएका छन् भने केटी तर्फ सपना तामाङ प्रथम, अस्मिता श्रेष्ठ द्वितीय भएकी छिन् । बाँकी खेलको फाईनल खेल आज हुने आयोजकले जनाएको छ ।

ठुलोसिरुवारी खेलकुद महोत्सव २०८० को पहिलो दिन कार्तिक २६ भएको खेल बाकी खेल कराते ,रनिङ, १५००–८००–१०० मि र फुटबल फाइनल खेल २७ गते १ः बजे सम्म सक्काउने जानकारी दिएको छ । कार्यक्रमको समापनमा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने आयोजकले जनाएको छ ।