जिल्ला बजार अनुगमनमा ६ जना जरिवानामा परे

असोज ९, ढाँडे (सिन्धुपाल्चाेक) । जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले आईतवार गरेको बजार अनुगमनको क्रममा ६ जना जरिवानामा परेका छन् । सो क्रममा जरिवानामा पर्नेहरुमा ४ औषधी पसल, १ किराना पसल र १ वटा होटल रहेका छन् ।
अनुगमन समितिले बलेफी गाउँपालिकाको २ नम्वर वडा जलविरे टारी बजार वडा नं. १ फेदीबजार, सिम्लेबजार र जुगल गाउँपालिका ५ को ढाँडे बजारमा अनुगमन गरेको हो । अनुगमनमा २२ वटा पसलहरु समेटिएका थिए । उक्त बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको औषधी, खाद्यन्न चिउरा, पानीपुरी मसला, बदामजुस, र हार्डवयरको रंगरोगन र सरसफईका सामग्रीहरु जफत गरीएको बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए ।
अनुगमन समितिका संयोजक, घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय जलविरे, जनप्रतिनिधि, सञ्चारकर्मीको संयुक्त टोलीले गरेको थियो । अनुगमनको क्रममा अनुगमन समितिका सदस्य घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिश्वनाथ काफ्लेले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता÷ नविकरण गर्न, मदिरा व्यवसाय दर्ता गरि ईजाजत लिन र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएकाे बताए । उनले जिल्लाका सबै बजार क्षेत्रमा अनुगमनलाई कडाईकासाथ लागु गर्दै जाने समेत जानकारी गराए । उनका अनुसार यसभन्दा अघि सिसंखुपाखर गाउँपालिकाको मुडे वजार र सिलढुंगामा पनि अनुगमन गरिएको थियाे । जफत गरिएकोु।।न म्याद गुज्रिएको तथा अखाद्य बस्तुहरु एकदिन सरोकारवाहरु जम्मा गरि नष्ट गरिने काफ्लेले बताए ।