सशस्त्र प्रहरीद्वारा समुदाय विपद् स्वयम सेवक तालिम सुनकोशीमा सञ्चालन
बैशाख १० -२०८३), खाडीचौर । समुदाय विपद् स्वयम सेवक तालिम सुनकोशीमा सञ्चालन भएको छ । सशस्त्र प्रहरी नेपाल, नं.१६ गण हे.क्वा. सिन्धुपाल्चोकको आयोजना तथा सुनकोशी गाउँपालिकाको सहकार्यमा बिहिबार देखि मिति बैशाख २७ गते सम्म सुनकोशी गाउँपालिकाको सभाहलमा भएको हो ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट तय गरिएको æविपद् स्वयंसेवक परिचालन विस्तारित पाठ्यक्रम २०८१Æ बमोजिम पालिका भित्रका सातै वटा वडाबाट प्रतिनिधित्व हुने गरी जम्मा २५ जना स्थानियहरुलाई सहभागि गराई æसमुदाय विपद् स्वयम सेवकÆ तालिम प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यता तथा सुनकोशी गाउँपालिकाको उपाध्यक्ष कान्छी लामा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृत, स्थानिय जनप्रतिनिधि, संचारकर्मीको उपस्थितीमा कार्यक्रम सञ्चालन भएको हो ।

उक्त तालिमममा सहभागिहरुलाई सशस्त्र प्रहरी बल, नेपालका दक्ष विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिबाट विपद् पूर्व, विपद्को समय र विपद् पश्चातको समयमा अपनाउनुपर्ने सुरक्षा तथा उद्धार सम्बन्धि गराईएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक नवराज नेपालले जानकारी दिए ।

उनका अनुसार तालिममा पहिलो उपचार सहयोगी, बाढी पहिरो तथा डुवान, अग्नि नियन्त्रण तथा वन डढेलो, डोरीद्धारा गरिने उद्धार, भूकम्पीय जोखिम नियन्त्रण र सडक दुर्घटना जोखिम न्यूनिकरण जस्ता विविध विषयहरुमा शैद्वान्तिक, व्यवहारिक र प्रयोगात्मक विधिबाट प्रशिक्षण गराई समुदायमा हुन सक्ने सम्भावित विपद्बाट हुन सक्ने जोखिमको न्यूनिकरण गर्न तत्काल परिचालन हुन सक्ने दक्ष जनशक्ति निर्माण गर्न सहयोग पुग्ने उद्देश्यले यस तालिम सञ्चालन गरिएको हो । तालिम निकै उपयोगी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


