सुनकोशी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालको साँढे दुईमहिनामै सरुवा

भदौ १२
खाडीचौर (सिन्धुपाल्चोक) । सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाललको हाजिर भएको साँढे पाँच महिनामै सरुवा गरिएको छ । तीन महिना पनि पूरा नहुदै सरुवा भएको उनको गोरखामा सरुवा भएको छ । सुनकोसीमा ललितपुरको बागमती गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत आउने भनिएपनि उनी आएका छैनन् । कस्ले दुलालको सरुवा यति छिटो र के कारणले भन्ने कुरा भने अहिले सम्म खुलेको छैन् । यो काम स्थानीय मन्त्रालयले गरेको हुनसक्ने गाउँपालिका अध्यक्ष टपेन्द्र तिमिल्सिनाको अनुमान छ । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको भनेर आफूलाई ६ दिन पछि मात्र जानकारी आएको उनले बताए । दुलालको सरुवा जसरी पनि रोक्न आफू लागि परेको उनले बताए ।

पाँच महिनामा पाँच ठाउँमा सरुवा भयो किन यस्तो भयो भनेर आफूले सम्बन्धीत निकायमा भनेको प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए । धादिङ जान लागेको आफूलाई जर्वजस्ती जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वय अधिकारी बनाएको उनले जिकिर गरे । साउन नभई म पालिका जाँदिन भन्दा भन्दै असारमै पालिका पठाएको उनले उनाए । आफूलाई सुनकोशी गाउँपालिका जाने ईच्छा नभएपनि पठाईएको तर केही महिनामै अन्यन्त्र सरुवा गरिएको उनको दुःखेसो छ ।

आफुलाई कुनै गल्ति गरेर पठाउन लागिएको जस्तो महसुस भएको उनले सुनाए । ‘साडेँ दुईमहिनामै मलाई किन सरुवा गरियो ?’ उनले प्रतिप्रश्न गर्दै भने । आफुले साँढे दुईमहिनाको बीचमा उल्लेख्य काम गरेको समेत उनले बताए । दलगत रुपमा केहीको स्वार्थ नमिलेपछि उनको सरुवा गरिएको हुनसक्ने जानकारहरुको ठम्याई छ । विगत एकदशक भन्दा बढी समय सिन्धुपाल्चोकका पालिकामा कार्यरत रहेर विताएका दुलालको निकै लामो अनुभव छ । कार्यसम्पादनमा चुस्तदुरुस्त, छिटो छरितो र उपलब्धीमुलक बनाउने दुलालको सिन्धुपाल्चोकमा निकै चर्चा छ । दुलाल लामो समय मेलम्ची नगरपालिका, जिल्ला समन्वय समिति र पछिल्लोपटक लिसंखुपाखर गाउँपालिकामा कार्यरत भईसकेका छन् ।