जोखिम बस्तीमा पुगेर पीडितलाई यसरी राहत वितरण गरिन उपाध्यक्ष अप्सराले

दिनेश दुलाल
साउन २३, किउल (सिन्धुपाल्चोक) । हेलम्बु गाउपालिका गत साल मेलम्ची बाढी र पहिरोको कारण सर्वाधिक क्षति हुनपुग्यो । यस वर्ष पनि हेलम्बुका ठाउँ ठाउँमा पहिरो जानेक्रम रोकिएको छैन् । मुख्य सडक अवरुद्व बनीरहेको छ ।

हेलम्बुमा जोखिममा परेका जनतालाई अस्थायी बासको लागि राहत वितरण गर्दै पालिका उपाध्यक्ष अप्सरा लामिछाने लगाएत जनप्रतिनिधि

तर पनि पालिकाको सक्रियतामा सडक खुलाउनेक्रम जारी छ । बाढी पहिरोको जोखिम बढिरहेको सन्दर्भमा पछिल्लो पटक सोही पालिकाको वडा नं ५ स्थित सिरीसे, उर्लेनी, कल्लेरी लगायत ठाउँहरु अति जोखिममा परे । ति वस्तीहरुको स्थलगत अनुगमन गरी अती जोखीम परीवारलाई अस्थायी बास स्थानको व्यवस्था गर्न हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने आफैं पुगिन । उनको साथमा हेलम्बु गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दिप कुमार तामाङ्ग लगाएत सहभागी थिए । उक्त जोखिम बस्तीमा पुग्न निकै कठिनायी थियो । तर पनि उपाध्यक्ष लगाएतको टिम ति बस्तीहरुमा पुगी छाड्यो । उनलाई साथ दिने वडा नम्बर १ का वडाअध्यक्ष दावा ग्याल्जेन, राजु तामाङ्ग, सानु कान्छा र आइती लगाएत सहभागी थिए ।

हेलम्बु सिरिसेमा पहिरोको कारण जोखिमा परेको बस्ती

जोखिम बस्तीमा परेका पीडितहरुको लागि पालिकाको तर्फबाट आवश्यक सामाग्री हस्तारण गरिएको उपाध्यक्ष अप्सराले जानकारी दिईन ।
पालिकाले जोखिममा परेका बस्तीका जनतालाई सुरक्षित स्थानमा बसाल्न लागिएको उपाध्यक्ष लामिछानेको भनाई छ । ‘पालिकाको योजनामा पहिरोको उच्च जोखिममा रहेका जनतालाई छिट्टै व्यवस्थापन गर्ने छौं’, लामिछानेले भनिन ।

श्रावण महिना बाढी पहिरोको उच्च जोखिम हुने भएकोले सबैलाई सचेत रहन सूचना मार्फत आग्रह गरिएको समेत उनले सुनाईन ।
‘हेलम्बुका प्रायः स्थानहरुमा अविरल वर्षात भैरहेको छ । जसले निम्तिन सक्ने भवितव्य दुर्घटनाबाट बच्न विपद हुनु पूर्व नै सुरक्षित रहनु अति उत्तम उपाय हो’, उनले भनिन ।

कुनै सम्भावित स्थानहरु तत्काल छाड्न र अस्थायी बास स्थानको तयारी गर्न नसकिने अति विपन्न वर्ग या आर्थिक रुपमा कमजोर हेलम्बुवासीले आफ्नो वडा कार्यालयमा पुगि वडा अध्यक्षहरुलाई सम्पर्क गर्न र आवश्यक सहयोगको लागि गाउँपालिकामा तत्काल सम्पर्क गर्न उनले आग्रह गरिन ।
जोखिममा परेका बस्ती र जनताको लागि पालिकाको चासो तथा सक्रियता बढेको भन्दै स्थानीय निकै खुशी देखिएका छन् ।