सिन्धुपाल्चोकमा असार ८ गते राति १२ बजे सम्म पुनः निषेधाज्ञा

जेठ ३१ सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा असार ८ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार आज बसेको बैठकले अत्याबश्यक क्रियाकलापहरुलाई केही सहजीकरण गर्ने गरी असार ८ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अरण पोखरेलले जानकारी दिए ।

जिल्लामा संक्रमणको स्थिति अझै जटिल भन्दै गएकोले निषेधाज्ञा थप गरीएको प्रजिअ पोखरेलले बताए । जिल्ला प्रवेश हुने ठाउँहरुमा हुनसक्ने आवातजावतलाई अभिलेिखकरण गरी थप कडाईका साथ निगरानी गर्ने र हेल्थ डेस्क तथा होल्डीङ सेन्टरलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । सिन्धुपाल्चोकमा असार ८ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी रहने छ । निषेधाज्ञा जारी भएको समय अबधिभर अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।