बाह्रबिसे नगर स्तरीय तामाङ समाज गठन

बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगर स्तरीय तामाङ समाज गठन गरिएको छ । तामाङ नेता कृष्ण लामा तथा लालकान्छ तामाङ लगाएतको उपस्थितिमा शनिबार भएको भेलाले २७ सदस्य नगर स्तरीय तामाङ समाज गठन गरिएको हो । बाह्रबिसे नगरपालिकाको कवर्डहलमा गरिएको भेलाले अध्यक्षमा युद्वविक्रम तामाङ (डिवी) तथा सचिवमा राजिव तामाङलाई चयन गरेको छ ।
बाह्रबिसेका सम्पूर्ण तामाङ्ग समुदाय, बुद्धिजीवी तथा समाजसेवीको उपस्थितिमा भेला सम्पन्न भएको थियो । भेलाले स्थानीय तहमा तामाङहरुको अधिकार र क्षेत्रअधिकारका हिसाबले आवाज उठाउदै तामाङ समुदायलाई एकतामा ल्याउने नवनिर्वाचित अध्यक्ष डिवीले प्रतिवद्वता जनाए ।
कार्यक्रममा उपस्थित तामाङ नेताहरुले पछाडी परेका तामाङ समुदायले अबको दिनमा क्षमताको विकास गर्दै सत्ताको वागडोर सम्माल्ने हैसियत कायम गर्नुपर्नु धारणा राखे ।