मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता हुँदै, ६० बर्षे बृद्धालाई सुपर भेट्रान्स उपाधि दिईने

पुष १५, चाैतारा (सिन्धुपाल्चोक) चौतारामा पहिलोपटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समिति विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खुल्ला हाप म्याराथन पुस २४ गते शनिबार हुने जानकारी गराएको हो ।

खुल्ला हाफ म्याराथनमा पुरुष र महिला खुल्ला हाफ म्याराथन, ४०–५९ वर्ष सम्मको भेट्रान्स महिला र पुरुष ६० वर्षमाथिको सुपर भेट्रान्स र स्थानियबासीको महिला र पुरुष विधा समावेश गरिएको चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह–संयोजक अमृतमान श्रेष्ठले बताए । उनका अनुसार पुरुष ६० वर्षमाथिको सुपर भेट्रान्स जिल्लामै प्रतियाेगिता हाे ।
उक्त म्याराथन प्रतियोगिता २१ किलोमिटरको हुने छ । नगरपालिकाको १२ नं वडाको साँगाचोकगढी देखि मानेडाँडा, जल्किने, ईर्खु , चौतारा हुदै गौराती भिमेश्वर मन्दिर परीक्रमा गरी डुँडिखेलमा आएपछि दुरी पुरा हुने सह–संयोजक श्रेष्ठले बताए । भेट्रान्सको तर्फको सबै इभेन्टभने ईर्खुबाट सुरु हुने र १५ किलोमिटरको हुने आयोजकले जनाएको छ ।
हाफ म्याराथनको पुरुष र महिलातर्फको विजेताले समान ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २२ हजार २ सय २२, तेस्रो हुनेने ११ हजार १ सय ११ र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैया हात पार्नेछन् ।
४० देखि ५९ वर्षसम्मको भेट्रान्सको पुरुष र महिलाको दुवै विजेताले समान ९ हजार ९ सय ९९ रुपैया प्रात गर्नेछन् । दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ । सुपर भेट्रान्स ६० वर्षमाथिको विजेताले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् ।
स्थानीय महिला र पुरुष दुवै विजेताले ५ हजार ५ सय ५५ रुपैया, ट्रफी र मेडल प्राप्त गर्नेछन् । चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिले यसअघि पालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता, ‘बी’ डिभिजन स्तरीय खुल्ला फुटबल प्रतियोगिता र गत वर्ष राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । खेल अवधि भर खेलाडिहरुलाई लजिङ्ग, फुडिङ्गको ब्यवस्था आयोजकले गर्ने छ । यस्ता प्रतियोगिताले नगरभित्रका पर्यटकिय क्षेत्रहरु गौरती मन्दिर , भूत छाँगा, हर्लङ्ग बर्लङ्ग ,¥याप्टिङ्ग र प्याराग्ल्याइडिङ्गको प्रवर्धन भई आन्तरीक प्रवर्धनमा टेवा समेत पुग्ने अायाेजक समितका संयाेजक गणेश श्रेष्ठले बताए ।
रचनात्मक खेलकुद क्षेत्रलाई नेपाल पत्रकार माहांघ सिन्धु शाखा र जिल्लामा क्रियासिल सबै सञ्चारकर्मीहरूले सदैव सहयाेग गरिने नेपाल पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चाेकका अध्यक्ष जीवन प्रसाद श्रेष्ठले अायाेजित पत्रकार सम्मेलनमा प्रतिवद्धता जनाए ।