काठमाडाै बासीकाे तिर्खा मेटाउने मेलम्चीको पानी सुन्दरीजल आइपुग्याे

२२ फागुन, काठमाडौं । काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने २५ वर्ष अघिकाे सपना पूरा भएकाे छ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी अाज सुन्दरीजल आइपुगेको हाे । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेकाे सपना २०७७ सालमा पूरा भएकाे छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हाे ।
यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको छ ।
आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे ।
मेलम्चीमा लामो समयको प्रतिक्षा पुरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताए ।
काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई उनले धन्यवाद दिए ।
स्मरण रहाेस मेलम्ची खानेपानी अायाेजना तत्कालिन खानेपानी मन्त्री बिनामगरकाे पालामा सम्पन्न भएपनि पछिल्लो पटक काठमाडौ अाईपुगेकाे हाे ।