लिसंखुपाखर गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उल्लासमय बन्दै

पुस १७, अत्तरपुर । लिसंखुपाखर गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरुवात भएको छ ।
‘स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खुलकुद भन्ने नाराका साथ आजदेखि शुरु भएको प्रतियोगिताको बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले उदघाटन गरेका हुन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद पौडेलले स्थानीय तहमा खेल क्षेत्रको आवश्यकता औंल्याउँदै गाउँपालिका भित्रका माध्यामिक विद्यालयमा एकजना दक्ष खेलकुदका शिक्षक व्यवस्थापन गर्न र लिसंखुपाखरको विकासका लागि प्रदेश सरकारको तर्फबाट सक्दो प्रयास गर्ने बताए । सो प्रतियोगितामा गाउपालिकाभित्रका ११ वटा विद्यालयहरु सहभागी भएका छन् । प्रतियोगिता अत्तरपुर ्िशक्रे स्थित सिदार्थ खेल मैदानमा जारी छ ।

गाउँपालिका अध्यक्ष राजु लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा निवर्तमान अध्यक्ष कमल नेपाल, उपाध्यक्ष मिठुदेबी लामा, गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालयका शिक्षक, विद्यार्थीहरु, खेलकुद प्रशिक्षक, सुरक्षाकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

गाउँपालिका अध्यक्ष लामाका अनुसार आजको पहिलो खेल एथलेक्टिस, मार्सल आर्ट, कबर्डी र भलिबल गरी ४ वटा प्रतियोगिता भईरहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार ८०–८० वटा रहेको छ । त्यसको लागि गाउँपालिकाले सहभागी विद्यालयहरुलाई प्रति विद्यार्थी एकहजार दुईसय रुपैंया दिएको समेत उनले बताए ।

संघीय सरकारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता खेलाउनको लागि एकलाख पालिकामा अनुदान आएको छ भने बाँकी १५ देखि २० लाख रुपैंया गाउँपालिकाले लगानी गरेको अध्यक्ष लामाको भनाई छ । भव्यताका साथ आजबाट सुरुवात भएको कार्यक्रमलाई मध्यनजर गर्दै गाउँपालिकाले तेकान्डो मार्सल आर्ट शिक्षक नियुक्ति गरेको समेत जानकारी दिए ।

तीनदिन सम्म चल्ने उक्त प्रतियोगिता १९ गते समापन गरिने पालिका अध्यक्ष लामाले जानकारी दिए । समापन कार्यक्रमको प्रमुख अतिथि १ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’ र प्रदेश सदस्य माहिली तामाङ विशेष अतिथिको रुपमा रहनेछिन् ।