शिक्षामा उत्कृष्ट नतिजा ल्याउनेमा जिल्लाकै अब्बल हेलम्बु गाउँपालिका

चैत्र २८, किउल । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कक्षा ८ को पालिका स्तरिय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा निकालेको छ ।

कक्षा ८ काे परिक्षामा हेलम्बुले ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण भएकाे गाउँपालिका शिक्षा शाखाले जनाएकाे छ । उक्त नतिजा ल्याउने हेलम्बु सम्भवत १२ वटा पालिका मध्येकाे राम्राे नतिजा ल्याउने पालिका दर्ज भएकाे छ ।
२ संस्थागत विद्यालय सहित १५ वटा विद्यालयका ३ सय १२ जना विद्यार्थी सहभागी भएकोमा २४९ जना विद्यार्थी उतिर्ण भई कुल संख्याको ७९.८० प्रतिशत उतिर्ण भएको हेलम्बु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनध्वज लामाले जानकारी दिए ।

शिक्षा शाखाले दिएकाे अन्तिम नतिजा अनुसार ५६ जना विद्यार्थीले ग्रेट वृद्धि परिक्षा दिन पाउने भएका छन् भने २ भन्दा बढी विषय लाग्ने ७ जना मात्र विद्यार्थी रहेका छन् ।

लामाका अनुसार ३.६ जिपिए ल्याउने २५ जना, ३.२ जिपिए ल्याउने ४७ जना, २.८ जिपिए ल्याउने १०२ जना, २.४ जिपिए ल्याउने ६६ जना र २.० जिपिए ल्याउने ९ जना विद्यार्थी छन् ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले शिक्षामा गरेको लगानी खेर नगएको प्रतिक्रिया दिए । गतबर्ष हेलम्बु गाउँपालिकाको पालिका स्तरिय परिक्षामा नतिजा लाजमर्दो आएको उल्लेख गर्दै यसबर्ष उल्लेख्य सुधार आएको दावि गरे । अध्यक्ष शेर्पाले आफुले शिक्षामा विशेष चासो दिएको भन्दै शिक्षामा गरेको लगानी अहिलेको नतिजाले सन्तोषजनक रहेको बताए ।

उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षक, विद्यार्थी, पालिकाको शिक्षा शाखाका कर्मचारी, अभिभावक लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा शत प्रतिशत विद्यार्थी उतिर्ण गर्नेगरि लाग्नका लागि आग्रह समेत गरे ।