थाइल्यान्ड कराते कप २०२६ मा सिन्धुपाल्चोकका मिङमारलाई स्वर्ण,निरमायालाई रजत

माघ ४, काठमाडौं । थाइल्यान्डको बैंककमा आयोजित थाइल्यान्ड कराते कप २०२६ मा नेपालबाट सहभागी सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत पदक जितेका छ्न । ८० केजी माथिको सिन्धुपाल्चोक हेलम्बुका मिङमार तामाङले स्वर्ण र मेलम्चीकी निरमाया तामाङले ५० केजि तौलमा रजत पदक प्राप्त गरेका हुन् ।

भारत, बंगलादेश लगायत ९ देशका खेलाडी सहभागी थिए । फेब्रुवरी १५ तारिक देखि बैककमा भएको थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप कप २०२६ मा नेपालको तर्फबाट दुई स्वर्ण दुई रजत एक काश्य पदक प्राप्त गरेको थियो ।

मिङ्मार तामाङ एक स्वर्ण ८०+ केजी, विवेन्द्र तामाङ एक स्वर्ण ५५ केजि, सुशील लामा एक रजत ५५ केजी, निरमाया तामाङ एक रजत ५० केजी, सुदर्शन बन्जारा एक काश्य ८०+ केजी दिपक तितुङ्गले जित हाँसिल गरेका छन् ।

त्यस्तै टिम म्यानेजर आइतेराम थिङ, कुमुते कोच रामनारायण श्रेष्ठ, काता कोच निमा तामाङ, अफीसेल जानुका देबी मगर, रेफ्री चित्र प्रसाद श्रेष्ठ र रेफ्री अंकध्वज मोते रहेका थिए ।