कृषिमा निर्भरता बढाउँदै चाैतारा नगर, अनुदान पाएपछि किसानकाे दुधमा बृद्दि

निर्मल बस्नेत
१९ असार , चाैतारा । सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले दुधमा अनुदान दिएपछि नगरभित्रका कृषकले पालेकाे गाई भैसीकाे दुधमा बृद्दि भएकाे छ ।
गत आर्थिक बर्ष २०७९/८० मा ८ लाख ९९ हजार २ सय ७९.६ लिटर दूध उत्पादन गरेकाे नगरमा आर्थिक बर्ष २०८०/८१ मा १० लाख ९५ हजार ७.४ लिटर दूध उत्पादन गरेको छ । गत आर्थिक बर्ष भन्दा यो बर्ष १ लाख ९५ हजार ७ सय २८ लिटर वृद्धि भएको देखिन्छ ।

किसानले दूध उत्पादन गरेबापत नगरपालिकाले किसानहरुलाइ ” जति उत्पादन त्यति अनुदान ” भनेर उत्प्रेरणा जगाउदै प्रतिलिटर ४ रुपैयाँ अनुदान दिदै आईरहेकाे नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।

नगरप्रमुख सापकोटाका अनुसार नगरपालिकाले कृषकहरुकाे मनाेवल बढाउने र आत्मनिर्भर बनाई समृद्ध नगर निर्माणकाे लागि याे एउटा पक्ष हाे । याे संगै(नष्ल उत्पादन ) बिउकाे लागि बयर बाेका बितरण, खेतबारी जाेत्नकाे लागि मिनीटिलर सहकारी, समूह र फर्महरुमार्फत कृषकहरुसंगकाे साझेदारीमा खरिद गरि बितरण गरिएकाे बताए ।

किसानले पाएकाे मिनीटिलरले आजभाेली धमाधम खेतका फाँटहरुमा धान राेपाई भईरहेकाे छ ।