एमाले परित्याग गर्दै १ दर्जन युवाहरु नेकपा प्रवेश

०९ फागुन । नेकपा एमाले परित्याग गर्दै १ दर्जन बढी युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् ।
आसन्न फागुन २१ गतेकाे निर्वाचनकाे मुखैमा आफ्ना कार्यकर्ताले एमाले धमाधम पार्टी परित्याग गरेपछि एमाले बृतमा खैलाबैफा सुरु भएको छ ।
यता नेपाली कम्युनिस्ट पार्टीमा भने दिन प्रतिदिन अन्य पार्टीबाट आफ्नो पार्टीमा प्रबेशकाे लहरनै चलेपछि जीतकाे आधार बलिलाे हुदै गएको तर्क गर्न थालेका छन्
। शनिबार चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ४ का दर्जन माथीका युवाहरु माधव सापकाेटा सुवाेध जिताउन भनि नेकपा प्रबेश गरेका हुन् ।
उनीहरुलाई पार्टीका नेताहरुले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
२ दिन अघि मात्रै बाह्रबिसेमा भएकाे युवा भेलाकाे अवसरमा ३ सय २३ जनाले एमाले, काङ्ग्रेस लगायत अन्य पार्टी परित्याग गरि नेकपा प्रबेश गरेका थिए ।