स्थानीय लोकसंस्कृतिलाई जोगाउन ऐतिहासिक नाम्लाङ्ग चिलिङ जात्रा
२०८२ माघ ३, तिपेनी (सिन्धुपालचोक) । ऐतिहासिक नाम्लाङ्ग चिलिङ जात्रा तथा बृहत सांस्कृतिक कार्यक्रम पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ भोटेनाम्लाङमा सम्पन्न भएको छ ।

हरेक बर्ष माघ १ गते यहाँ चिलिङ जात्रा लाग्ने गर्दछ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले हामीले हाम्रो भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने धारणा राखे । उनले अब नयाँ वर्षसमेत शुरु भएकाले ल्होछारको शुभकामना व्यक्त गरे । भोटेनाम्लाङमा पर्यटन प्रवद्र्धनका लागि भइरहेको काममा सबैको सहयोगको अपेक्षा गरे । भोटेनाम्लाङको चिलिङ महादेवको इतिहासबारे स्थानीयवासी सुजन तामाङले जानकारी गराएका थिए ।

कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष सुके तामाङ, विभिन्न पार्टीका प्रतिनिधिलगायत उपस्थित रहेको उज्यालो नाम्लाङका उपाध्यक्ष सौरभ तामाङले बताए । सो अवसरमा पालिका अध्यक्ष लामाले ठूलो ढुङ्गाको ८४ फिट अग्लो बुद्ध मुर्तिको लागि सहयोगको अपिल समेत गरे ।
कार्यक्रममा सन्जिव घिसिङ, प्रेम योन्जन, सुशिल तामाङ सञ्जी, तेज थिङ, अग्नि बोम्जन, काजल तामाङ, याङकी बोम्जन, शानया स्याङ्बो, मोडल सृजना तामाङ लगायतका कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्दै झाँकी नाच समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई विशेष भूमिकासहित भोटेनाम्लाङ मावि तथा समिति सल्लाहकार वरदान तामाङले सहयोग गरेका थिए । छिमेकी जिल्ला नुवाकोट, काभ्रे, दोलखा र काठमाडौँदेखिका सहभागी उपस्थित कार्यक्रम जात्रा समितिका अध्यक्ष अर्जुन लामाको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम शिक्षक वीरबहादुर लामाले सञ्चाल गरेका थिए ।

