मन्त्री दुुलालद्वारा राजेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन तथा हस्तान्तरण

पुस ३ नवलपुर(सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–७ स्थित राजेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । सुविधासम्पन्न रुपमा तयार गरिएको २४ कोठाको भवन बिहीबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा उद्घाटन तथा हस्तान्तरण भएको हो ।
०७२ सालमा आएको महाभूूकम्पपछिको पुर्ननिर्माणका क्रममा एशियाली विकास बैंक र नेपाल सरकारको संयुुक्त सहयोगमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको हो । नवनिर्मित भवनमा खानेपानी, कार्यालय व्यवस्थापन कक्ष, इसीडि कक्षा, ८ कोठाको शौचालय, बगैंचा लगायतको सुविधासहित बनेको छ ।