बजार अनुगमनमा म्याद गुज्रिएका सामग्री फेला, १ व्यापारी जरिवानामा परे,

निर्मल बस्नेत – सुकुटे
(२०८० चैत्र २९) जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले बिहिबार छड्के अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा बजारको कारोवार स्थलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएका सामग्री फेला पारी जफत गरेको छ भने १ जना जरिवानामा परेका छन् । जरिवानामा पर्ने व्यापारीवाट अनुगमन टोलीले रु.५ हजार जरिवाना असुल गरेको छ ।

अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय मातहत बलेफी चौकी,सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल उपभोक्ता अधिकार मञ्च र नागरिक अधिकारकर्मीको संयुक्त टोलीको सहभागिता रहेको थियो । अनुगमन समितिले चौतारा सँगाचोकगढी नगरपालिका वडा नम्त्रर ९ को बलेफी बजार, भैँसे र सुकुटे र वडा नम्बर १० को सुकुटे वजार र सुनकोशी गाउँपालिकाको खाद्यन्न, हार्डवयर ,होटल तथा रिसोर्ट र औषधी पसल गरि १० वटा पसलहरु समेटिएका थिए ।

उक्त बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको खाद्यन्न सामग्री, पियपदार्थ हार्डवरको रंगरोकन र सरसफईका सामग्रीहरु जफत गरीएको बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार आउदै गरेको नयाँ बर्ष २०८१ को अवसरमा सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकको चाप बढ्ने भएकोले उनिहरुको स्वास्थ्यमा असर पर्ने खाद्यबस्तु तथा पेयपदार्थ बिक्रि बितरण नहोस् भन्ने हेतुले सुटुक्क बजार अनुगमन गरिएको जानकारी गराए ।

अनुगमनको क्रममा अनुगमन समितिका सदस्य उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख बिश्वनाथ काफ्लेले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता÷ नविकरण गर्न, मदिरा व्यवसाय दर्ता गरि ईजाजत लिन, म्याद गुज्रिएका सामग्री बिक्रि बितरण नगर्न र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएको बताए । उनले जिल्लाका सबै बजार क्षेत्रमा अनुगमनलाई कडाईकासाथ लागु गर्दै जाने समेत जानकारी गराए ।