क्यौरानी युवा समाजद्वारा विद्यालयलाई खेलकुद सामाग्री वितरण
पौष १३, मेलम्ची । जिल्लाको मेलम्चीमा रहेको एक प्रतिष्ठित संस्था क्यौरानी युवा समाजद्वारा एक विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको छ ।

क्यौरानी युवा समाज, मेलम्ची नगरपालिका–८ ले नजिकिँदै गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै श्री जलवाई देवी माध्यमिक विद्यालय, मेलम्ची–८ लाई रु १०,०५० (दस हजार पचास रुपैयाँ) बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएका सामग्रीमा भलिबल २ सेट, भलिबल नेट १ सेट, ब्याडमिन्टन १ सेट, ब्याडमिन्टन कक १ सेट, स्किपिङ २ सेट तथा भलिबल पम्प १ सेट रहेका छन् ।
यसै अवसरमा आकाश निर्माण सेवा प्रा. लि. का सञ्चालक तथा क्यौरानी युवा समाजका संयोजन समिति संयोजक दिनेश गिरीले विद्यालयलाई २० सेट खेलाडी जर्सी समेत हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा सहभागीहरूले खेलकुदको माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा यस्ता सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै खेलाडी भाइबहिनीहरूको उत्कृष्ट खेल प्रदर्शनको कामना गरेका छन् ।

