११ औँ राष्ट्रिय उद्योग दिवस चौतारामा सम्पन्न, उत्कृष्ट उद्यमी र प्रशिक्षक सम्मानित
मंसिर १०, चौतारा । मंगलबार देशभर ११ औं राष्ट्रिय उद्योग दिवस विविध कार्यक्रम गरी मनाएको छ । वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ । यसै शिलशिलामा सिन्धुपाल्चोकमा पनि ११ औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ । उद्योग तथा वाणिज्य कार्यालयका सिन्धुपाल्चोकले चौतारामा निकै उत्साहका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा पहिलो सेवाग्राही पुष्कर बेकेरीका सञ्चालक सोभिता श्रेष्ठ, जिल्लाकै उत्कृष्ट उद्यमी सुनौलो विहानी कृषि तथा पशुपालान फाम ठूलोसिरुवारीकी सञ्चालिका राधिका बस्नेत र उत्कृष्ट कर्मचारकिा रुपमा तालिम सहजकर्ता यशोदा कार्की सम्मानित भएकी छिन ।

सम्मानित तथा पुरस्कृत हुने व्यक्तिहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापा, ५ नम्बर वडाअध्यक्ष शिव श्रेष्ठ लगाएतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

जिल्लाभर रहेका उद्योग तथा वाणिज्य क्षेत्रका गतिविधिहरूको मूल्यांकन गर्दै बजार अनुगमन, सेवा प्रवाह र उत्कृष्ट कार्यका आधारमा सम्मान समेत गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले बताए ।
उनका अनुसार उद्योग तथा वाणिज्य कार्यालयले गरेको बजार अनुगमनबाट ७४ लाख २९ हजार १ सय ५ रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै चालुुआर्थिक वर्षमा ३ सय ६९ व्यवसायको अनुगमन गरिएको र २ सय ४ व्यवसायलाई दर्ता तथा नवीकरणका लागि सचेत गराइएको उनले जानकारी दिए ।

