जनमुखी एजेन्डासहित निमा ग्याल्जेन शेर्पा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
पौष २१, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनमुखी एजेन्डासहित कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रीय एजेन्डा बनाउँदै पार्टीको आधिकारिक तथा नियमित महाधिवेशनका लागि महामन्त्री पदमा आफ्नो उम्मेदवारी सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन् । उक्त घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै शेर्पाले कांग्रेसलाई जनताको वास्तविक पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वक्तव्यमा शेर्पाले नेपाली कांग्रेसले तय गरेको पार्टी विधानअनुसारको नियमित महाधिवेशन प्रक्रिया अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट धारणा राखेका छन् । ‘यो कुनै विशेष महाधिवेशन नभई नियमित र आधिकारिक महाधिवेशन भएकाले यसैमार्फत पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनु आजको आवश्यकता हो ।’
शेर्पाले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ धकेल्ने जोखिम रहेको उल्लेख गर्दै, नियमित महाधिवेशन नै कांग्रेसको आन्तरिक लोकतन्त्र, एकता र भविष्य सुरक्षित गर्ने मार्ग भएको बताए ।
शेर्पाले पार्टीको आधिकारिक महाधिवेशन तालिकाअनुसार अब सबै नेता–कार्यकर्ता पूर्ण तयारीका साथ अघि बढ्नुपर्ने तर्क राखेका छन् । उनले यो महाधिवेशन कुनै विशेष नभई पार्टीको विधानअनुसार हुन लागेको नियमित तथा आधिकारिक महाधिवेशन भएको स्पष्ट पारे ।
महाधिवेशनलाई सफल बनाउन गाउँ–गाउँबाट प्रतिनिधिहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अग्रजदेखि युवा पुस्तासम्मको एकताबद्ध प्रयासले मात्र कांग्रेस संगठनलाई अझ सुदृढ बनाउन सकिने बताए ।
सबै तहका कार्यकर्ताको सहभागिताले नेपाली कांग्रेसलाई जनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न सकिने उनको भनाइ छ । अध्यक्ष शेर्पाले नेपाली कांग्रेसलाई साँचो अर्थमा जनताको पार्टी बनाउने लक्ष्यसहित शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क तथा सर्वसुलभ बनाउने स्पष्ट एजेन्डा अघि सार्नुपर्नेमा जोड दिएका छन् ।
आगामी महाधिवेशनमा समावेशी, सहयोगी र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उहाँले सह–महामन्त्री तहमा मात्र सीमित नभई महामन्त्री र उपसभापति तहसम्म सक्षम, प्रतिबद्ध र दूरदर्शी नेतृत्व चयन हुनुपर्ने उनको जोड छ ।
यस्तो छ कांग्रेस महाधिवेशन निर्वाचनको तालिका


