जुगल हिमाल चड्नेको ताँती बढ्दै, नेपाली सहित ५ बेलायतीले गरे सफल आरोहण
कार्तिक ३०, चौतारा । पछिल्लो दशक हिमाल आरोहण गर्नेहरुको संख्या बढ्दै गएको छ । यो साता मात्रै चार नेपाली सहित ५ बेलायती नागरिकले जुगल हिमालको सफल आरोहण गरेका छन् ।

६१–६३ वर्ष उमेरका पाँच जना बेलायती नागरिक र चार जना नेपालीसहित कुल नौ जनाले प्रेरणादायी जुगल हिमाल सफल आरोहण गरेको सिन्धु पर्यटन अभियान्ता मिलन तामाङले बताए ।

उनका अनुसार कार्तिक २३ गते बिहान ९ः४६ बजे शिखर स्पर्श गर्दै वृद्व उमेरका विदेशी सहित ९ जनाले आरोहण सफल गरेका थिए । वृद्व उमेरको बाबजुत सत्यलाई प्रमाणित गर्दै दृढता, इच्छाशक्ति तथा साहसको अदम्य उदाहरण स्थापित गरेको उनको ठम्याई छ । यस ऐतिहासिक आरोहणले जुगल क्षेत्रलाई विश्वभर परिचित गराउने महत्वपूर्ण योगदान पु¥याउने र यहाँको प्राकृतिक सौन्दर्य तथा साहसिक पर्यटनको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाको कथन छ ।
स्मरण रहोस जुगल हिमाल चड्नु अघि त्यस क्षेत्रको प्रचार प्रसार तथा पर्यटन विकास गर्ने उदेश्यका साथ जुगल हिमाल बेस क्याम्प सम्मको ट्रेकिङ्ग कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

उक्त अभियानलाई आर्थिक रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग प्रदान गरेको थियो भने जुगल गाउँपालिकाले अभियान र समन्वय गरेको थियो । यात्रामा साथ र मार्गदर्शन प्रदान गर्ने स्थानीय समुदाय, पोर्टर, होटल व्यवसायी, पर्यटन सहयोगीहरूलाई गाउँपालिका अध्यक्ष रेशम स्याङबोले धन्यवाद दिए ।

यसैबीच नेपालको चर्चित पर्यटन भ्लगर ल्भउब िडतज ध्यलमभच को टिम सँग मिलेर जुगल क्षेत्रको सुन्दरतालाई भल्ग मार्फत प्रमोशनल सामग्रीमा परिणत गर्न पाउनु गर्वको विषय भएको अध्यक्ष स्याङबोको विश्लेषण छ । उक्त श्रव्य–दृश्य अभिलेखनले जुगल क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पु¥याउने उनको ठम्याई छ । जुगल क्षेत्र केवल प्राकृतिक सौन्दर्यको प्रतीक मात्र नभई सांस्कृतिक–आध्यात्मिक पहिचान, स्थानीय जीवनशैली, सामुदायिक शक्ति र पर्यावरणीय समृद्धिको आधार हो भन्ने सन्देश यो अभियानले प्रष्ट रुपमा दिएको उनले बताए ।
यस क्षेत्रको पर्यटन विकास तथा वातावरण संरक्षणको लागि स्थानीय साझेदारी, पर्यावरणीय जिम्मेवारी र दिगो पर्यटनलाई प्राथमिकता दिँदै अझ सशक्त कार्यक्रमहरू अघि बढाउने उनले उदघोष गरे ।

