युवा तथा खेलकुदमन्त्री महर्जनले लिए राष्ट्रिय बिच भलिबल प्रतियोगिताको चासो
४ माघ (२०८१ं), सुकुटे । बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन पर्यटकीय नगरी सुकुटे पुगेका छन् । त्याहाँ माघ १ देखि सातौं महिला तथा आठौं पूरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता चलिरहेको छ ।

नेपाल भलिबल संघको संयोजनमा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजना तथा व्यवस्थापनमा जारी राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आज चौथो दिनमा खेलकुद भईरहँदा खेलकुद मन्त्री मर्हजन सुकुटे पुगेका हुन् । आज शुक्रबार साँझ सुकुटे पुगेका मन्त्री महर्जनलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा, कोषाअध्यक्ष राजन श्रेष्ठ र सिन्धुपाल्चोक भलिबल संघका अध्यक्ष रमेश कुमार खड्का लगाएत व्यवसायीहरुले स्वागत गरे ।

पर्यटन व्यवसायी संग जारी खेलकुदको बारेमा पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले बिफ्रिङ गरेका थिए । पर्यटन व्यवसायीको धारणा सुनेसंगै मन्त्री महर्जनले खेलकुद क्षेत्रको विकासको लागि आफूले बागमति प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने बचन दिएको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष थापाले बताए । मन्त्री महर्जनले जारी राष्ट्रिय बिच भलिबल प्रतियोगिताको शुभकामना दिंदै पर्यटन व्यवसायी संघलाई बागमति प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा आउन सुझाए । मन्त्री मर्जजन बेलुका ह्वाईट लिफ रिसोर्टमा बस्ने योजना रहेको कराँते प्रशिक्षक प्रेम भण्डारीले जानकारी दिए ।
महर्जन नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएर बागमति प्रदेश सरकारका युवा खेलकुद मन्त्री हुन ।
चार तारे हाेटल बन्ने चरणमा रहेको ह्वाईट लिफ रिसोर्टमा पुष २९ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकरात बसेका थिए । माघ १ गते प्रचण्डले राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उदघाटन समेत गरे ।
बिच भलिबल प्रतियोगिताको माघ ५ गते प्रथम, द्घितीय र तृतीयको प्रतिश्पर्धा गराए संगै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन हुने आयोजकले जनाएको छ ।

