इलेक्ट्रोपावर कम्पनिद्वारा झिर्पु माविलाई विद्यालय बस
भदौ १७, हिन्दी । भोटेकोशीमा निर्माणधिन इलेक्ट्रोपावर कम्पनीले झिर्पू माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ ।

इलेक्ट्रोपावर कम्पनि लिमिटेडको आर्थिक सहयोग तथा गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति फुल्पिङकट्टीको सहयोगमा गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

भोटेकोशी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष टासी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३ नम्बर वडाअध्यक्ष निमासोना शेर्पा, भुगोल इन्फ्रास्ट्रक्चर कम्पनि प्रा.लि का अध्यक्ष भिमसेन भण्डारी, इलेक्ट्रोपावर कम्पनीका जनसम्पर्क अधिकृत निर्मल राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरिङ शेर्पा, गाउँपालिका शिक्षा शाखा प्रमुख लगाएत सहभागि रहेका थिए ।
विद्यालयले बस पाएसंगै टाढा–टाढा देखिका बालबालिकाहरुलाई विद्यालय सम्म ल्याउन निकै सहज भएको विद्यालयकी प्रध्यानध्यापक सीता भट्टले खुशी व्यक्त गरिन ।

