पाँचपोखरी थाङपाल गाउँपालिका र बनेपा नगरपालिका बिच सम्बन्ध विस्तार

पुस ९, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका र बनेपा नगरपालिका बिच सम्बन्ध बिस्तार तथा भेटघाट कार्यक्रम भएको छ । आज भएको भेटघाट कार्यक्रम पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यालय थाङपालधापमा भएको हो ।

एक अर्का पालिका बिच मायाको चिनो आदानप्रदान गरिदैं

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको निमन्त्रणालाई स्विकार गर्दै आइतबार बनेपा नगरपालिकाको जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी लगायतको टोली पालिका प्रवेश गरेको थियो । बनेपाबाट आएको टोलिलाई गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी लगायतले स्वागत गरेका थिए । सो क्रममा पालिकाको आफ्नो क्षेत्रमा भएको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गराएका थियो । पालिकामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लामाले गाउँपालिकाले विगत देखि वर्तमानसम्म भएगरेका काम, आगामी योजना, सम्भावना र चुनौतीहरु प्रस्तुत गरेका थिए ।

पालिकाको विकास निमार्णका लागी यस किसिमको कार्यक्रमले टेवा पुग्ने विश्वास ब्यक्त गर्दै आतिथ्यका लागी धन्यवाद ब्यक्त गरे । कार्यक्रममा आफ्नो भनाई राख्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सम्बन्ध विस्तार गर्न पाएकोमा खुशी लागेको बताए । उनले अब जोडेको सम्बन्धले आगामी दिनमा केहि नयाँ गर्नै पर्छ भन्ने मनोभावना आएको बताए । प्रमुख शाक्यले यहाँ भएका प्राकृतिक स्रोतहरुलाई उपयोगमा ल्याउन सके मात्रै पनि विकासमा आर्थिक हिसाबले टेवा पुग्ने उनको ठहर छ ।

पाँचपोखरीमा ढुंगाको पर्याप्त सम्भावना रहेको भन्दै उनले अब आदानप्रदान गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । शाक्यले बनेपा भ्रमणको निमन्त्रणा गर्दै त्यहाँका पनि केहि कुराहरू सिकाइ हुनसक्ने भन्दै आमन्त्रण गरे । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नगरपालिका सहयोग र सहकार्य गर्न तयार रहेको बताए । उपप्रमुख बिमला सापकोटा दहालले अनुभव आदानप्रदान गर्न पाएकोमा खुशी ब्यक्त गरिन । यहाँको अवलोकन पछि आफुहरुलाई कामगर्नको लागी निकै चुनौती थपिएको बताईन । यहाँ देखेका र सिकेका कुराहरू आफुहरुको लागी सिकाइ भएको उल्लेख गर्दैे भुगोलको हिसाबले विकट भएर पनि यहाँ भए गरेका कामले खुशी लागेको बताईन । पाँचपोखरी थाङ्पाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाँई लगायतले सम्बन्ध विस्तारले खुशि लागेको बताए । कार्यक्रममा एक अर्का पालिका बिच मायाको चिनो आदानप्रदान समेत गरिएको थियो ।