सम्पादक समाज गुफाडाँडामा, गुफाडाँडालाई पर्यटक हब बनाउन ४ करोड बजेट विनियोजन

निर्मल बस्नेत
२८ असार, गुफाडाँडा । पर्यटकीय स्थल गुफाडाँडामा सम्पादक समाज नेपालले पदयात्रा गर्दै पर्यटन विकासमा चासो देखाएको छ ।

मेलम्ची नगरपालिकासंगको सहकार्यमा समाजले जलवायु परिवर्तनको प्रभावहरु न्यूनिकरणको लागि अपनाउनु पर्ने रणनीतिको सम्वन्धमा पत्रकार पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पादक समाज नेपाल, कमलादी काठ्माण्डौकोले मेलम्ची नगरपालिकासंगको सहकार्यमा एक दिने पदयात्रा तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा नेपालमा सञ्चालित छापा तथा बिद्युतिय सञ्चारमाध्यमका सम्पादकहरु र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

मेलम्ची बजारबाट सुरु भएको पदयात्रा पर्यटकीय स्थल गुफाडाँडा सम्म रहेको थियो । निकै उत्साहका साथ काठमाणडौ र देशका विविन्न स्थानबाट सम्पादकहरु भेला भएका थिए । उनीहरुसंगै टिभी, रेडियो,अनलाईन र छापा पत्रपत्रिकामा कार्यरत पत्रकारहरुले पदयात्रा गरेका थिए ।
पदयात्रा पछि मेलम्ची नगरपालिका ९ स्थित क्यौलेठाना आधारभुत विद्यालय र वडा कार्यालयको संयोजनमा स्थानीय झाँकीसहहित फुलमालाले सञ्चारकर्मीहरुलाई स्वागत गरिएको थियो ।

वातावरण संरक्षणमा सञ्चारकर्मीहरुको योगदान र भूमिकाको सबालमा समेत अन्तरक्रिया गरिएको थियो । मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङ समक्ष गुफाडाँडाको पूर्वाधार विकास र मेलम्चीको पुर्नस्थापना र पुनर्निर्माणको ढिलाईबारे प्रश्न गरेका थिए ।

प्रश्नहरुको जफावमा नगरप्रमुख तामाङले संघ र प्रदेश सरकारले देखाएको आस्वासन र प्रतिबद्धता पुरा नगर्दा समस्था समाधानमा ढिलाई भएको बताए । विशेषगरी गतबर्षको जलवायु दिवस वाग्मती प्रदेश सरकारको मुख्य मन्त्री बहादुरसिं तामाङकै प्रमुख आतिथ्यतामा गरिएको थियो । जलवायुसँग सम्वन्धित सरोकारवालाहरुको सहभागितामा नगरपालिकाको खर्चमा भव्य कार्यक्रम गरिएको स्मरण गर्दै प्रदेश मुख्य मन्त्री तामाङप्रति आक्रोश व्यक्त गरे ।

उनले भने प्रदेश सरकारले समेत प्रतिवद्धतालाई लत्याएपछि नगरपालिकाबाट गुफाडाँडालाई पर्यटकीय हब बनाउन २ करोड सडक पूर्वाधार र २ करोड गुफाडाँडाको जलवायु केन्द्र र स्थानीय संस्कृति झल्कने खालकाे वुद्घको प्रतिमा, संग्रालय लगायतका अन्य पूर्वाधारका लागि बजेट विनियोजन गरेको जानकारी गराए । उलने छिट्टै टेण्डर प्रकृयामा गएर काम थालनी गरि पर्यटन बिकासमा नगरपालिका लागि पर्ने बताए ।
कार्यक्रममा सम्पादक समाजका महासचिव श्याम डोटेल र नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष ध्रुब दंगालले गुफाडाँको पर्यटन विकासमा सबैको दायित्व रहने बताए ।

सबैले एकसाथ लागि परेमा मात्र स्थानीय आम्दानी वृद्धि गर्न सकिने र स्थानीय उत्पादन नेपालको बजारहरुमा निर्यात गरि अर्थपार्जनमा टेवा पुग्ने उनिहरुको तर्क थियो ।

स्मरण रहोस २०७७ सालमा तत्कालिन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा भव्य कार्यक्रको आयोजना गरिएको थियो । उक्त बखतका समन्वय प्रमुख कृष्णगोपाल तामाङको सक्रियतामा गरिएको प्रथम जलवायु सम्मेलनदेखी नै गुफाडाँडाको चर्चा परिचर्चा हुन थालेको हो । जलवायु सम्वन्धि १० बुंदे घोषणापत्र समेत जारी गरिएको थियो ।

गुफाडाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोखाउनुपर्छ भन्ने सन्देश दिने खालकाे गुफाडाँडामा मानिसले पृथ्वी बोकेको प्रतिमा रहेको छ । प्रतिमा सम्म पुग्नको लागि सिँडी र सिँडी छेउमा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरिएको छ । सो पश्चात भ्यु-टावर र अन्य पूर्वाधारको कामको थालनी भएको छ ।