चाैतारा अस्पतालकाे आयाेजनामा कृतिम घट्ना अभ्यास

निर्मल बस्नेत
८ फागुन , चाैतारा ।
चौतारा अस्पतालको आयोजना तथा रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कृतिम घट्ना अभ्यास गरिएको छ । जसनसुकै आपतकालिन अवस्थाको व्यवस्थापनका लागि भनेर कृतिम घटना अभ्यास गरिएको हाे ।
जिल्लामा बिपद् व्यवस्थापनमा काम गर्ने सम्वद्ध पक्षहरुकाे सहभागितामा उक्त घट्ना अभ्यास कार्यक्रम भएकाे हाे ।

चाैतारा टुंडिखे छेउमा गरिएको दुर्घट्नाकाे सिम्बाेलेसनमा स्थानीयहरु भने साच्चै के भयाे र कसाे भयाे साेध खाेज समेत लागेका देखिन्थे । यता भने सुरक्षाकर्मीहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीहरु घट्नाका घाइते पात्रहरू थिए । काेहीका टाउकाेमा चाेट, काेहीका खुट्टामा चाेट र काेहिका घाँटी र कम्मरमा चाेट लागेर घाइते अवस्था रहेकाे बखत पाेषाकमा खटिएका प्रहरी र स्थानीयहरुकाे सहायतामा चाैतारा अस्पतालका एम्बुलेन्स र वनदेबी पाेलिक्लिनिक चाैताराकाे एम्बुलेन्समा घाइतेलाई अस्पताल पुर्याइएकाे थियाे ।

अस्पतालमा नियमित बिमारीकाे उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु घाइते पुर्याएपछि उनीहरूकाे उपचारमा केन्द्रीय रहे । उनिहरुलाई केहिलाई त्यहि उपचार गराइयाे भने २ जना गम्भीर घाइतेलाई धुलिखेल अस्पताल रिफर गरियाे ।

उक्त घट्नाकाे सन्दर्भमा सिन्धुपाल्चोकमा कार्यरत सञ्चारकर्मीहरुलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन रुद्रमणी भण्डारीले दुर्घटनामा घाईते भएकाहरुकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी गराएका थिए ।
केहिबेरमै घट्नामा सहभागिहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुकाे बिचमा छलफल गरिएको थियाे ।


छलफलमा प्रमुख जिल्ला अधिकारी किरण थापा , चाैतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरी, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल र उपाध्यक्ष कमला पाख्रिन र रेडक्रस साेसाइटीका भरत काेइरालाले घट्ना अभ्यासकाे प्रभाकाे बारेमा र आगामी तयारीका सन्दर्भमा धारणा व्यक्त गरेका थिए ।