
वडाअध्यक्ष ङिमाछिरिङको यस्तो जाँगर, फोहरबाट मोहोर बनाउने नयाँ तरिका

मंसिर २१, भोताङ । पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका वडाअध्यक्ष ङिमाछिरिङ तामाङ उमेरले भर्खरकै युवा हुन् । तर उनको जाँगर र क्रियासिलता राजनैतिक रुपमा कपाल पाकी सकेकाहरुको भन्दा कम छैन् । शिक्षण पेशा छाडेर राजनीतिमा लागेका ङिमा सोही वडाबाट दुई–दुई पटक वडाअध्यक्षमा निर्वाचित भईसकेका छन् । दोस्रो पटक वडाअध्यक्ष नबन्ने उनको सोच हुँदाहुँदै पनि गाउँलेले उनको विकल्प देखेनन् र जर्वजस्ती उठाएर जिताए । त्यसपछि पहिलो कार्यकाल भन्दा झन राम्रो कसरी गर्ने भन्नेमा उनलाई ठूलो चुनौति थपियो ।
भोताङ पर्यटकीय क्षेत्र पाँचपोखरी जाने मुख्य र चर्चित गाउँ हो । सडक मार्गले अन्तिम गन्तव्य छिम्तिसम्म जोडिएपनि पाँचपोखरी जाने पर्यटकहरु भोताङमै बास बस्छन् । पाँचपोखरी सम्म उनको वडा पर्छ । पर्यटकीय पदमार्ग रहेको उक्त क्षेत्रलाई कसरी फोहोर मुक्त क्षेत्र बनाउने भन्ने कुरा निकै चुनौतिपूर्ण थियो । तर उनले नयाँ जुक्ती निकाले । आफ्नो ५ बर्षे कार्यकालमा फोहोरलाई नयाँ ढंगले व्यवस्थापन गरेर फोहोरबाट मोहोर आम्दानी गर्ने संकल्प गरे । तर फोहोरलाई संकलन गर्न तथा एकै ठाउँमा जम्मा गर्ने बानीको विकास गर्न स्थानीयलाई शिक्षाको अभाव थियो । यसको लागि प्रत्येक अभिभावकलाई भन्नु भन्दा विद्यालयमा पुगेर प्रत्येक बाबालिकाहरुलाई यस खालको शिक्षा दिए । बालबालिकाले देख्नेगरी चक्लेट खाएको कागज, खैनीका कागज, बोतल, प्लाष्टिक लगाएत यत्रतत्र छरिएका फोहोर बस्तुहरु आफैंले टिप्न थाले । उनको सिको प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थीहरुले गर्न थाले । विद्यालयमा पढ्ने बालबालिकाहरुले समेत जताततै फोहोर फाल्नु हुँदैन भन्ने जनचेतना आफ्ना अभिभावकलाई सम्झाए ।
अहिले भोताङमा फोहोर संकलनको अभियान छ । सडक, विद्यालय, सार्वजनिक ठाउँ तथा बस्ती सुघ्घर र सफा छ । प्रत्येक ठाउँमा डस्बिन राखेर त्याहाँ जम्मा भएको फोहोर संकलन केन्द्रमा पु¥याईन्छ । वडाकै पहलमा गाउँभन्दा केही पर फोहोर संकलन केन्द्र स्थापना गरिएको छ । फोहोर मैला व्यवस्थापन केन्द्र टिजिएच नेपालको आर्थिक सहयोग तथा आर्सो नेपालको प्राविधिक सहयोगमा २०७९ सालमा स्थापना गरिएको हो । गाउँपालिका र स्थानीयले समेत विशेष चासो दिएर निर्माण गरिएको उक्त संकलन केन्द्रबाट स्थानीयलाई रोजगारी समेत मिल्ने वडाअध्यक्ष तामाङ बताउँछन् । प्लाष्टिकका बोतलबाट कुचो, डोरी, चकटी, मुडा र ढकी लगाएत सामाग्री बनाउन सकिने उनको भनाई छ । यसको लागि पढ्दै गरेका बालबालिकाहरुलाई पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत सिप सिकाएर आयआर्जनको बाटो बनाईने वडा अध्यक्ष ङिमाले ठोकुवा गरे ।
स्थानीय तहलाई दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न चुनौती भइरहेको समयमा भोताङमा भने आम्दानीको स्रोत बनेको छ । संकलित फोहोरलाई कुहिने र नकुहिने छुट्टाएर प्रयोग गरिने समाग्रीलाई केही हप्तामै सिपमुलक कामको थालनी गरिने समेत बताए । विभिन्न स्थानबाट निस्कने फोहोर निजी संस्थाले उठाएर त्यसको उचित व्यवस्थापन गर्न सके स्थानीयको आयआर्जनमा वृद्वि हुने उनको भनाई छ ।
३ नम्बर वडा भोताङबाट यो अभियान थालिएकोमा गाउँपालिकाका अन्य वडा समेत समेट्ने आफ्नो योजना रहेको उनले सुनाए । संकलित फोहोरलाई व्यवस्थापन, त्यसबाट मल उत्पादन गरेर कृषि उत्पादनमा प्रयोग गर्ने उनको योजना छ ।
संकलन केन्द्रमा आएपछि कुहिने फोहोर र नकुहिनेलाई अलग स्थानमा राखिन्छ । कुहिने फोहोरलाई प्राङ्गारिक मल निर्माणको चरणमा लैजाने गरिन्छ । केही दिनपछि मल भएर प्याकेटमा बजारमा जान्छ । परीक्षण गरेर बजारमा जाने भएकाले फलफूल तथा नर्सरीले यो मल प्रयोग गर्नेछ । नकुहिनेमध्येको प्लास्टिकका बोतल तथा भाडालाई जम्मा पारेर प्लास्टिक उद्योगमा कच्चा सामग्रीका रूपमा बिक्री गर्ने उनको सोच छ ।
त्यस्तै गरी कपडाका फोहोरलाई पुनः प्रयोग गर्न मिल्नेलाई सिलाएर बिक्री गर्ने र टुक्रा भएका कपडालाई पेलेर कपास निर्माण गरी विद्यालयका बालबालिकाहरुको लागि चकटीको रुपमा प्रयोग गर्ने उनले जानकारी दिए । यो अभियानको लागि सन्दिप तामाङले उनलाई विशेष साथ दिईरहेका छन् । वडाअध्यक्ष कै अभियानमा भोताङमा अर्गानिक तरकारी व्यवसाय हुँदै आएको छ ।
स्मरण रहोस यहाँको कोदो बर्षेनी अमेरिकामा समेत निर्यात हुँदै आएको छ ।