२ बजारमा अनुगमन, म्याद गुज्रिएको सामग्री जफत गरि नष्ट

निर्मल बस्नेत
९ कार्तिक, चौतारा । जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले जिलाको २ स्थानमा बजार अनुगमन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ सिम्ले बजार र वडा १३ ठुलोसिरुवारीको बिभिन्न स्थानमा अनुगमन गरेको थियो । टोलीले अनुगमनमा म्याद गुज्रिएका सामग्रीहरु फेला पारि स्थानीय जनप्रतिनिधीहरुको रोहबरमा नष्ट समेत गरेको छ ।

बजार अनुगमन समितिको प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा बिहिबार बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय भएको थियो । समितिको निर्णण कार्यान्वयन गर्न समितिको सदस्य सचिव उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, स्थानीय जनप्रतिनीधिहरुको संयुक्त टोलीले अनुगमन गरेको अनुगमन टोली प्रमुख बख्रेलले जनकारी दिए ।

सिम्ले बजारमा बियर, वाइन, जुस, जबमु कोक लगायतका पेयपदार्थ जफत गरि उक्त स्थलमै नष्ट गरिएको बख्रेलले बताए । उनका अनुसार व्यवसायीहरुलाई उपभोक्ताको हितमा काम गर्न र यस्ता गल्तीहरु पुनः नदोहोर्याउन आग्रह गरिएको बताए । उनले भने “यदि गल्ती फेरी गरेमा कानुनी कारबाहीमा समेत अगाढी बढाइने गरि सचेत गरिएको छ ।̎

यसैगरि वडा नम्बर १३ को कोटडाँडामा रहेको खाद्यन्न र किराना पसलहरुका पनि अनुगमन गरिएको थियो । उक्त स्थानमा पनि म्याद नाघेका खाद्य सामग्रीहरु फेला पारेका थिए ।
दुइ वटा स्थानमा गरि जम्मा ११ हजार बराबरको म्याद गुज्रिएको सामानहरु जफत गरि स्थानीय जनप्रतिनीधिहरुको रोहबरमा नष्ट गरिएको अनुगमन टोलीका सदस्य उद्योग तथा बाणिज्य कार्यालका प्रशिक्षक प्रबिण बस्नेतले बताए ।