इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न
पौष २५, नवलपुर । जिल्लाको इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न कार्यक्रममा अध्यक्ष झम्क नेपालले शिक्षा, सडक, सिंचाइ, खानेपानी जग्गा वर्गीकरण पूर्वाधार लगायतका विषयमा राखेका थिए ।

शून्य समयमा गाउँसभा सदस्यहरुबाट आएका प्रश्न सल्लाह र सुझावको रुपमा आएक कुराहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै उठेका जिज्ञासाहरुको बारेमा प्रष्ट पारे । साथै जग्गा वर्गीकरणको बारेमा उठेका प्रस्नहरुको सभाका सचीव तथा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मनहरि बरालले जवाफ दिएका थिए ।

उपाध्यक्ष शोभना तामाङद्वारा आ.व. २०८२÷८३ का लागि गाउँपालिकाको संशोधित बजेट प्रस्तुत गरिएको थियो । प्रवक्ता शशिनाथ आचार्यले आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व विधेयक २०८२, प्रस्तुत गरेका थिए ।
विधायन समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले सभामा स्थानीय ऐन संसोधन गर्न बनेको विधेयक, सामाजिक बिकास समिति संयोजक वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले बेरुजु फछ्र्यौट कार्यबिधी २०८२ प्रस्तुत गरेका थिए ।
त्यस्तै लेखा समिती संयोजक तथा वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले लेखा समिती गठन तथा कार्यलय सञ्चालन कार्यबिधि २०८२, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचीव मनहरि बरालले आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए ।
त्यस्तै न्याय समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा भएको हुनाले यो प्रस्ताव सभा समक्ष निर्णायर्थ प्रस्तुत गरिएको उनको भनाइ थियो ।
सभाको अन्त्यमा सभामा प्रस्तुत बिषयमा राय सुझाव लिइएको थियो । साथै लिखित रुपमा राय सुझाव पनि दिन सकिने सभा अध्यक्ष झम्कनाथ नेपालले बताए ।

