कुनेगाउँमा पहिराेमा परि २ काे मृत्यु, २ बेपत्ता, १० घर अझै जाेखिममा

शिव घिमिरे

१२ असाेज , ढाँडे , सिन्धुपाल्चोक । असोज १० देखि परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्ला जुगल गाउँ पालिका वडा नम्बर १ कुने गाउँमा भिषण पहिरो गएको छ । पहिरोले उक्त ठाउँमा २ घर पुरिएको छ , पहिरोमा परि २ जनाको मृत्यु भएको छ भने २ जनाकाे खाेजि कार्य भईरहेकाे छ ।

पहिरोमा परी एकै परिवारका २ जना ४५ वर्षिया चित्र बहादुर मिजार ,उनको ४५ वर्षिया ठुलि कान्छि मिजार रहेका छन् । साेही घरमा पाहुना आएका जुगल ४ का २५ वर्षिया अभिनाष नेपाली र उनका ५ वर्षिया छोरा रहेका छन ।

उक्त पहिरो बिहान करिब ९:१० को समयमा गएको हो स्थानीय बाबुकाजी मगरले बताए । पहिरोमा पुरिएका ४ मध्ये चित्रबहादुर मिजार र ५ बर्षिया बालककाे सब भेटिएको र २ जना अझै वेपत्ता रहेकोले खाेजी कार्य भईरहेकाेख इलाका प्रहरी कार्यालय जलबिरेले जनाएकाे छ । उक्त ठाउँमा अझै १० घर पहिराेकाे जोखिममा रहेकाे छ ।